घोषणा गरे भन्दा धेरै काम भए

संघियता आए सँगै पहिलो पटकको बन्दिपूर गाँउपालिकाको अध्यक्ष हुनुछ । पाँच वर्षको कार्यकाल रहेको तपाईको ४ वर्ष बित्दा कस्ता अनुभव बटुलनु भयो ?
हाम्रो ४ वर्ष निकै उपलब्धी मुलक रहेको छ । यी वर्षमा हामीले राम्रो काम गरेर जनताको मन जित्न सफल भएका छौं । जनताले दिएको विश्वासलाई साथ लिएर अग्रजहरुको सल्लाहसुझावमा अनुसार हामीले स्थानिय सरकार चलायौं । संघियताको महत्व, नीती अनुसार हामीले काम गरेका छौं । लक्ष्य लिएका भन्दा धेरै विकासका काम भएका छन् । शिक्षा, स्वास्थ्य पर्यटनलाई हामीले प्राथमिकता दिएका थियौं । सोही अनुुसार अहिले बन्दिपूर पर्यटनहरुको केन्द्र बनेको छ । हामीले कृषिमा पनि धेरै परिर्वतन गरेका छौं ।

धेरै योजनाहरु सफल भएका छन् । कृषकहरुलाई उत्पादकसँग जोड हामीले चक्लाबन्दी, हलगोरु वितरण, अनुदानमा बिउ लगायतका कार्यक्रम गरेका थियौं । कृषि सँगै शिक्षा क्षेत्रमा पनि ठूलो फड्को मारन सफल भएका छौं । यहि पालिका भित्र हामीले नमुना विद्यालय पार्न सफल भएका छौं । त्यस्तै स्वास्थ्यमा पनि हामी आगडी पुगेका छौं । सबै वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरेका छौं । पालिका स्तरी अस्पताल निर्माण चरणमा छ । पूर्वधारको कुरा गर्नु पर्दा बिजुली बत्ती नपुगेको धरमपानी ठाँउमा बिजुली पुराएका छौं । खानेपानीको अभाव भोगिरहेका ठाँउमा लिफिटिङ प्रविधिबाट पानी पुराएका छौं ।
अहिले सम्म गरिएको काम गर्दा कुन काममा आफुलाई आन्दन आएको छ ?
सबै वडामा आफनै कार्यालय भवन स्थापना भएको छ । सबै वडामा पुग्ने सडक सञ्जाल पुगेको छ । मलाई यो काम गर्दा अनि समयमा नै सम्पन्न गर्न पाउदाँ धेरै आनन्द आउँछ । जनताको चाहना अनुसार काम गर्दा खुसी लाग्छ । जनप्रतिनिधि भनेको जनताका सेवक हुन् । शासक होईन् । जनताको माग चाहना अनुसार काम गर्दा नै मलाई धेरै आनन्द आउँछ । पर्यटनको केन्द्रको रुपमा बन्दिपूरलाई विकास गर्न सफल भएको छु । जनताको विश्वासलाई मेलै नराम्रो ठेस पुराएको छैन यहि कुरा मलाई खुसी लाग्छ ।
तपाईले गर्न नसकेका काम केही थिए ?
जनताका बीच गरिएका प्रतिबद्धता सबै पूरा भएका छन् । तर विकास गर्दा पाईला पाईलमा असर त भएको थियो । पालिकामा हाईडूोपावर बनाउन खोजेका थियौं । तर बनाउन सकिएन । स्थानिय सरकारले कात्र ठूलो योजना सम्पन्न बनाउन सक्दैन त्यसको लागि केन्द्र र प्रदेश सरकारको साथ अनि सहयोगको आवश्यकता पर्दछ । हाइड्रोपावरको योजना पार्न खोजेको तर सकिएन । उत्पादन र रोजगारी सम्बन्धी काम तीव्र गति गर्न सकिएको छैन ।
काम गर्दा के के चुनौतीहरु आए ?
हरेक पाईला पाईलामा चुनौती थिए । आन्तरिक चुनौती र बाह्य चुनौतीले विकास काममा धेरै अवरोध देखिएको थियो । सडक बिस्तारकै क्रममा अख्तियारको सामना
गर्नुप¥यो । अनाश्वयक रुपमा अख्तियारको झमेलाले काममा ढिलो भयो ।
चुनाबका आंकक्षा कस्ता थिए ?
चुनाबमा गरिएका प्रतिबद्धता गरेको भन्दा धेरै काम भएका छन् । हामीले घोषणा गरेको भन्दा धेरै काम भए । प्रणालीको रुपमा काम गरेका छौं । विकास काममा अलपल नपरि, जनतालाई सास्ती भोग्न नदिइ काम गरेका छौं । हामीले गरेको काम अबको दुई वर्षमा देखिने छ ।
प्रस्तृति ः सविन लामिछाने ÷दमौली खबर

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button