प्रदेश सभाको विशेष अधिवेशन वैशाख १३ गतेलाई डाकियो

दमौली खबर संवाददाता
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका ३ दलका माग अनुसार प्रदेश प्रमुखले गण्डकी प्रदेश सभाको विशेष अधिवेशन वैशाख १३ गतेलाई डाकेका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित ३ दलले २ वैशाखमा अविश्वास प्रस्ताव दर्ता गरेका थिए । अघिल्लो रातै प्रदेश सरकारले चालु प्रदेश अधिवेशन अन्त्य गरेको थियो । अविश्वास प्रस्ताव दर्ता गराएका दलले सोही कारण विशेष अधिवेशन माग्दै प्रदेश प्रमुखलाई समावेदन दिएका थिए ।

प्रदेश प्रमुखले १३ गते दिउँसो १ बजेलाई प्रदेश अधिवेशन डाकेको चिठी सोमबार अपराह्न ४ः ५५ बजे प्राप्त भएको गण्डकी प्रदेश सभा सचिवालयका सचिव हरिराज पोखरेलले समाधानलाई जानकारी दिए । माओवादी केन्द्रले २ वैशाखमै सरकारको समर्थन फिर्ता लिएको थियो । अविश्वास प्रस्तावमा २८ सांसदले हस्ताक्षर गर्दा कांग्रेसका १५, माओवादीका ११ र जसपाका २ सांसद सहभागी छन् । राष्ट्रिय जनमोर्चाका सांसदको भने हस्ताक्षर छैन ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
  • (no title)
Back to top button