खोई पिसिआर प्रयोगशाला ?

कोभिड–१९ संक्रमणको जोखिम कायमै रहे पनि तनहँुमा अझैंसम्म पिसिआर प्रयोगशाला स्थापना भएको छैन । रोटरी क्लब अफ नेपालले गत असोज २४ गते पिसिआर मेसीन व्यास नगरपालिकालाई हस्तान्तरण गरेको थियो । नगरपालिकाले दमौली अस्पताल सँग समन्वय गरि पिसिआर प्रयोगशाला स्थापना गर्ने भनियता पनि ३महिना बित्दा सक्दासमेत पिसिआर प्रयोगशाला स्थापना नभएको हो ।

नगरपालिकाले कहाँ प्रयोगशाला स्थापना गर्ने नगर्ने अझै टुङ्गो लगाएको छैन । नगरपालिकाले प्रयोगशाला निर्माणमा गरेको ढिलाइप्रति नागरिककोतीव्र गुनासो र आलोचना छ । उनीहरुले कोरोना भयावहका नभएको बेला फास्ट ट्र्याकबाट काम गर्नुपर्नेमा महिनौं लाग्ने गरी ढिलाईगरिनु दुःखद र लापरवाही भएको बताएका छन् । सामाजिक संस्थाले पठाउँदासमेत प्रयोगशाला स्थापना हुन नसक्नु लज्जाको विषय भएको रोटरी क्लब अफ दमौलीका अध्यक्ष दामोदर भण्डारीले बताए । ‘जुन बेला तनहँुमा कोरोना भाइरस सङ्क्रमणको अत्यन्तै भयग्रस्तअवस्था थियो, त्यतिबेलाको अवस्था हेरेर हामीले केन्द्रबाट पिसिआर मेशीस माग गरेका थियौ ।

प्रयोग नै गरिएको छैन भन्दा अप्ठारो लाग्यो । ’ उनले अघि भने, ‘ मैले पटक पटक भनेको छु । धेरै खर्च लाग्नी भएर स्थापना गर्न नमिलेको भन्नुहुन्छ । पहिलै सबै बुझेर दिनुपर्ने रै छ । ’ यता नेकपा व्यास नगर कमिटिका सभापति श्रीराम कार्कीले भने,‘ पहिला १५ दिन रिपोर्ट कुर्नुपर्ने अवस्था थियो,अहिले पनि कोरोनाकै कारण ज्यान गुमाइरहेका घटना छ । उनले अघि थपे,’अहिले परीक्षण र सक्रिय सङ्क्रमित कम हुँदा पोखराबाटै एकै दिनमा रिपोर्ट आउने अवस्था भइसक्यो, यहाँयस्तो संवेदनशील विषयमा पनि धेरै ढिलाइ गरिएको छ ।

अबखोप र प्रयोगशाला निर्माण सँगसँगै होला जस्तो छ । ’ प्रयोगशाला निर्माण गर्दा धेरै खर्चिलो भएकाले निर्माण नभएको नगरपालिकाले जनाएको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेले सक्रिय कोरोना संक्रमीतको संख्या कम हुदै गईरहेको र प्रयोगशाला निर्माणमा धेरै बजेट चाहिने हुनाले निर्माण गर्न नसकिएको बताए । उनले भने,‘अहिले कोरोना संक्रमीत निकै कम छन् । पोखरा पठाएको परिक्षणको नमुना छिटै आउने गरेको छ । ’ यता जिल्ला स्वास्थ्य कार्यालय तनहँुका प्रमुख शंकरबाबु अधिकारीले कोरोनालाई सामान्य नठान्न आग्रह गरेका छन् । उनले अहिलेको सर्वसाधरणको लापबाहीले पछि के हुने थाहा नहुने बताए ।

उनले भने, ‘कोरोनालाई सामान्य छैन । कहिले भयावह हुन सक्ला ? ’ नगरपालिकाले तत्काल ल्याब स्थापना गर्ने समय भएकाले त्यतिबेलासम्मनेपालमा खोपसमेत आउने सम्भावना रहेको आँकलन समेत गरिन्छ । यद्यपि, यो ल्याब अन्य प्रयोजनमासमेत उपयोग गर्न सकिनेछ । प्रयोगशालासञ्चालनका लागि समेत दक्षजनशक्तिको अभाव रहेको नगरपालिकाले जनाएको छ । तनहँुको सदमुकाममा रहेको नगरपालिकाले र पिसिआर परीक्षण प्रयोगशाला भएमा तनहँुकै १० वटै स्थानिय तहको सङ्कलन गरिएको नमूना परीक्षणका लागि गण्डकीप्रदेशको राजधानी पोखरा पठाउनुपर्ने बाध्यता अन्त्य हुनेछ ।कोरोना आशंकामै लामो समय उपचार नपाउने अवस्थाको पनि अन्त्य हुनेछ ।अहिले तनहँुबाट परीक्षणका लागि पठाइएको कोरोनासङ्क्रमणको नतिजा आउन तीन दिन लाग्ने गरेको छ ।

आमनागरिकबाट परीक्षणको दायरा बढाउनुपर्ने माग फेरि उठ्न थालेकोछ । नगरपालिकाले अहिले साताको सोमबार मात्र नुमना परीक्षण गरि पोखरा पठाउने गरेको छ । हाल सम्म तनहँुका एक हजार ४ सय १६ जनालाई कोरोना सत्रंmमण पुष्टि भएको छ । जसमा ४१ जना सक्रिय संक्रमीत रहेका छन् भने एक हजार तीन सय ५२ जना निको भई घर फर्किएका छन् । हाल सम्म तनहँुका कोरोनाबाट २३ जनाले ज्यान गुमाएका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button