काँगेस्रको १० वटै स्थानिय तहमा विरोध प्रर्दशन

सरकारको असंबैधानिक कदमको बिरोध गर्दै नेपाली कांग्रेसले सबै स्थानिय तहमा शनिबार कार्यक्रमको सम्पन्न गरेको छ । बिरोधको कार्यक्रम स्वरुप तनहँुान पनि विभिन्न स्थानमा कार्यक्रमहरु भएका छन । तनहँुमा १० वटै स्थानिय तहमा पनि बिरोधका कार्यक्रमहरु भएका छन । कार्यक्रममा सरकारको चर्को आलोचना गरिएको छ । तनहँुमा भएका विभिन्न बिरोध कार्यक्रमहरुमा स्थानिय नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो ।

संविधानलाई जोगाउन आन्दोलनमा उत्रनुपरेको ःनेता भट्टराई

दमौलीमा नेपाली काँगे्रस व्यास नगरपालिकाले आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गदै काँगे्रसका केन्द्रिय सदस्य गोविन्द भट्टराईले संविधानलाई जोगाउन आन्दोलनमा उत्रिएको बताए । उनले जनचाहना बमोजिम सरकार चलाउन नसकेको वर्तमान सरकारबाट अब आशा गर्ने ठाउँ नरहेको र संविधान नै धरापमा पारेर ब्यवस्था माथी खेलवाड गरेको आरोप लगाए ।

केपी ओलि नेतृत्वको सरकार भ्रष्टाचारमा लिप्त रहेको र संबिधानको मर्म भन्दा बाहिर गएर संसद बिघटन गरेको भन्दै चर्को आलोचना गरे । पार्टीका जिल्ला सचिव विश्व बास्तोलाले पाईला पाईलामा अहिलेको सरकार असफल भएपछि गैरजिम्मेवार ढङगले संसद विघटन गरेको बताए । पार्टीको महासमिति सदस्य एवंम् व्यासकी उपप्रमुख मिरा जोशीले देशमा प्रतिगमन बढेको भन्दै काँगे्रसले ठोस निर्णय लिन आवश्यक रहेको बताईन । राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले आगमी चुनाव जित्न अहिलेको सत्ताले भष्ट्रचार गदै गईरहेको बताए । महाधिवेशन प्रतिनिधि समुन्द्र गोदारले पार्टिको अन्तरद्धन्दका कारण देशलाई अस्थिरता तर्फ धकेलेको वर्तमान सरकार इतिहासमै असफल नेतृत्वका रुपमा परिचित भएको आरोप लगाए ।

प्रदेश सभा सदस्य सरिता गुरुङले असंवैधानिक कदम फिर्ता नभए सम्म आन्दोलन गरि राख्ने बताईन् । महिला संघ जिल्ला सभापति पवित्रा पौडेलले संसद पुनस्थापना गरि बहुमतको सरकारलाई हटाउनु पर्ने बताईन् । पार्टीका जिल्ला सदस्य अशोककुमार श्रेष्ठले संघर्ष गरेर प्राप्त गरेको लोकतन्त्र अहिलेको सरकारले अपहरण गरेको आरोप लगाए । पार्टीको व्यास नगर सभापति शान्तिरमण वाग्लेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नगरसभापति मोहनकुमार श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए ।

सरकारले राष्ट्रलाई अनिर्णयको बन्दी बनाउदै छ ः सभापति न्यौपाने

नेपाली काँगे्रस भानु नगरपालिकाले आयोजना गरेको विरोध सभालाई सम्बोधन गदै नेपाली काङ्ग्रेसका सभापति एवंम् व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने ले राष्ट्रलाइ अनिर्णयको बन्दी बनाउने तर्खमा सरकार लागेको बताए । उनले सरकारको असंवैधानिक निर्णको बिरुद्ध मा गाँउ गाँउबाट सडकमा ओर्लिएर विरोध गर्न बाध्य बनाएको बताए । नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति एबम भानु नगरपालिकाका प्रमुख उदय राज गौलिले सरकारले काण्डै काण्ड मच्चायर राष्ट्रियता गुमाएको बताए । नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि एबम नेपाल महिला संघ केन्द्रीय सदस्य चिनु पोखरेलले भ्रष्टाचारमा लिप्त रहेको सरकारको असम्बैधानिक कदमको घोर बिरोध गर्नुपर्ने बताईन् ।

उनले सरकार विभिन्न काण्डै काण्डैलाई लुकाउन व्यस्त रहदाँ नेपाली जनता विरोध लोकतन्त्रको संरक्षण गर्न सडकमा उत्रिएको बताईन् । भानु नगर सभापति श्रीभक्त आचार्यको सभापतित्वमा संचालित कार्यक्रममा पार्टीका महा –समिति सदस्य आनन्द त्रिपाठि,जिल्ला समन्वय समितिका सदस्य अर्जुन बहादुर अधिकारी, पुर्ब जिल्ला सहसचिब सहदेब अधिकारि ने बि संघ पुर्ब केन्द्रीय सदस्य एलिजा ढकाल, वडा सभापतिहरु नबिन दहाल, चिरञ्जीवी ढकाल , राम रेग्मि, ने म संघ क्षेत्रीय सभापति बृन्दा रानाभाट लगायतले बोलेका थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button