म्याग्देमा एकैपटक ४० जनामा देखियो संक्रमण

दमौली खबर
पछिल्लो २४ घण्टामा तनहुँमा ४४ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाका २७ महिला र १७ पुरुषमा संक्रमण पुष्टि भएको छ । संक्रमण फेला परेका मध्ये सबै भन्दा धेरै म्याग्दे गाँउपालिका रहेका छन् । म्याग्देको गुणादी स्थित रहेको दिर्व गाँउका एक सय ३० जनाको कोरोना परिक्षणमा ४० जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै मंगलबार जिल्लामा संक्रमणबाट मुत्यु हुनेको संख्या शुन्य रहेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button