तनहुँमा लागूपदार्थको दुव्र्यसनमा कलिला बालबालिका फस्ने क्रम बढ्दो

दमौली खबर
लागूपदार्थ दुव्र्यसनबाट जोगाउन अभिभावकको भूमिका परिवर्तन गर्नुपर्नेमा दमौलीमा आयोजित एक कार्यक्रमका सहभागी विज्ञले जोड दिएका छन् । जनशील युवा मञ्च तनहुँद्वारा लागूपदार्थको अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित भर्चुअल अन्र्तक्रियाका प्रमुख वक्ता मनोवैज्ञानिक परामर्शदाता डा. सुशील कँडेलले अभिभावकले स साना कुरामा मात्र ध्यान दिने र साथी बन्ने हो भने धेरै बालबालिका दुव्र्यसनमा नफस्ने बताए ।

उनले अहिले लागूऔषध प्रयोगकर्तालाई पक्रने तर त्यो बाटोमा जानबाट रोक्ने काम कतैबाट नभएको भन्दै दुखेसो गरे । कार्यक्रममा प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले कानूनले निषेध गरेको लागूऔषधको अवैध ओसापसार रोक्न प्रतिवद्धता जनाए । व्यास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिग्देलले नगरपालिकाले लागूऔषधमा बालबालिका तथा युवा जाने अवस्था रोक्नु अपरिहार्य भन्दै यसका लागि नगरपालिकाले सचेतनामूलक काममा सघाउने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाले लागूओषध प्रयोगमा दायर मुद्दामा अधिकांश किशोर र युवा रहेको भन्दै यो अवसथा नियन्त्रणका लागि सहकार्य गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा रेडक्रस सोसाइटी तनहुँका उप सभापति एवं अभिभावक मञ्च नेपाल तनहुँका अध्यक्ष ऋषिराम पोखरेल, नवयुवा क्लबका अध्यक्ष सनम तामाङ, मञ्चका कार्यक्रम संयोजक पवन चुमी लगायतले समसया समाधानका लागि आ आफ्नो क्षेत्रबाट लाग्ने प्रतिवद्धता जनाए । मञ्चका अध्यक्ष पवन पौडेलले दिवसका अवसरमा सचेतनमूलक कार्यक्रम भैरहेको जानकारी दिए । मञ्चले व्यास नगर क्षेत्रका विद्यालयबीच वक्तृत्वकला प्रतियोगिता पनि गर्दैछ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button