वडा नम्बर १० मा सरसफाई केन्द्र बनाउने निर्णयको स्थानीयको विरोध

दमौली खबर संवाददाता
दमौली, भदौ ८ ।
     व्यास नगरपालिकाले वडा नम्बर १० को मङ्गली गैरामा सरसफाई व्यवस्थापन केन्द्र बनाउने कार्य अघि बढाएपछि स्थानीयले विरोध गरेका छन् ।
     सो स्थानमा व्यास नगरपालिकाको मंगलबार सम्पन्न कार्यपालिकाको बैठकले  सरसफाई व्यवस्थापन केन्द्र बनाउनको लागि जग्गा खरिद प्रक्रियाका लागि स्विकृत माग गर्ने निर्णयको स्थानीयले विरोध गरेका हुन् । वडावासीको प्रतिकुल रहेकाले उक्त निर्णय उपर आम स्थानीय वासिन्दासँग छलफल हुँदा उक्त स्थानमा फोहोर व्यवस्थापन  गर्न नदिने निर्णय भएको छ । स्थानीयको वेवास्ता गरी पक्रिया अगाडी बढाएमा कुहिने फोहोर व्यवस्थापनमा समेतमा रोक लगाई संघर्ष समिति गठन गरी अगाडी बढाउने माग स्थानीयले नगरपालिका समक्ष गरेका छन् । सो निर्णयको विरोध गर्दै स्थानीय वासिन्दाको तर्फबाट मंगलीडाँडा टोल विकास सस्थाको अध्यक्ष डिल्लीराम सापकोटाले व्यास नगरपालिका प्रमुख वैकुष्ठ न्यौपानेलाई कार्यान्वयन नगर्न माग राखिएको पत्र बुझाउनु भएको छ ।
 सो अवसरमा नगर प्रमुख न्यौपानेले स्थानीय असर पार्ने गरि काम अघि नबढाउने प्रतिबद्धता व्यक्त गर्नु भयो । फोहोर व्यवस्थापन जहाँ गर्दा पनि विरोध आउँदा समस्या पर्ने  सो ठाउँमा  वातावरणी मूल्याङ्कन गरेर उपयुक्त नभएमा प्रक्रिया अघि नबढ्ने बताउनुभयो । बीच बस्तीमा फोहोर व्यवस्थापन गर्न लागेको विरोध गरेको अन्यत्र बनाउने सन्र्दभमा मद्धत गरिने नेपाल रेडक्रस सोसाईटी दुम्सी उपशाखाका सचिव श्रीकृष्ण आचार्यले बताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button