तीन मुक्तक

दिन रात सेवामा जुट्ने हातहरू सॅग
तुलना नगर ,लुटेर खाने जमातहरूसॅग
इन्साफ गर्छ भने ,एकदिन ईश्वरले नै गर्छ
जोरी नखोज,सच्चा मेरा भावहरूसॅग ।।

दिनु र लिनुमा धेरै फरक छ
भन्नु र गर्नुमा धेरै फरक छ
चूपचाप बस्दा पनि राम्रो हुने केही कुरामा
तोड्नु र जोड्नुमा धेरै फरक छ।।

निरङ्कुश अघि बढ्न अरूलाई भर्याङ बनाउॅछ
सबैलाई दिएर खान्छु भन्छ,दिन आङ कन्याउॅछ
आफै मात्र लाएर खाएर कहिल्यै अघाउॅदैन
बदलामा जस आफै लिन्छ अरूमा दोष खन्याउछ ।।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button