जनता आवास कार्यक्रम सफल पारौं

नेपाल सरकारले सञ्चालन गरेको जनता आवास कार्यक्रमले गर्दा अझै पनि झुपडीमा जोखिम मोलेर बस्नु पर्ने बाध्यता हटाउन मद्धत पुगिरहेको छ । पक्कि घर नहुँदा विशेष गरी जिउज्यानको सुरक्षामा समस्या पर्दछ । यस्ले  गर्दा उनिहरुलाई सुरक्षित तरिकाबाट बस्न टेवा पुग्ने देखिन्छ ।   रोजगारीको अवसरको कमीले गर्दा बिपन्न समुदायलाई घर बनाउन सहज छैन । यस क्रममा ‘जनता आवास कार्यक्रम’ अन्तर्गत दुई सय ८६ घर निर्माण गरिएको छ । आर्थिक वर्ष २०७५÷७६ मा सङ्घ सरकारमार्फत जनता आवास कार्यक्रम हस्तान्तरण भएपछि पूर्वाधार विकास कार्यालय तनहुँमा सम्भौता गरी घर निर्माण कार्य शुरु गरिएको पुरा हुँदा सम्बन्धित परिवारमा खुसी छाएको छ ।
माछा मारेर दिनु भन्दा पनि माछा मार्न सिकाउनु उपयुत्त हुन्छ भने जस्तै विपन्नलाई घर बनाएर दिनुभन्दा पनि आम्दानीको बाटो खुला गरेर घर बनाउन सक्ने सामर्थता दिनु उपयुक्त हुन्छ । साथै यो कार्यक्रम लालपुर्जा भएका तर घर नभएकोको लागि समावेश छ । कयौं घर पनि नभएकाको लागि सोचिएको छैन । विशेष गरी दलित तथा सिमान्तकृत समुदायको लागि यो लक्षित गरिएको छ । बिपन्न समुदायको जुनसुकै जातिको भएपनि यसबाट लाभान्वित हुने वातावरण सरकारले बनाउनुपर्छ । यस कार्यक्रमको लागि प्रदान गर्ने रकम थोरै छ भने झन्झटिलो पनि छ । वडा स्तरबाट रकम पाउने व्यवस्था मिलाउने र पालिकाले नै कामको मूल्याङ्कन गर्ने जिम्मेवारी दिईएको भने सेवा प्रवाहलाई प्रभावकारी बनाउन मद्धत पुग्दछ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button