भिरबाट लडेर भन्सारका आलेको मृत्यु

दमौली खबर संवाददता

दमौली, माघ १०

तनहुँको भानु नगरापालिका–१ भन्सार निवासी ५१ वर्षिय मनबहादुर आलेको भिरबाट लडेर मृत्यु भएको छ ।

घर नजिकैको सामुदायिक वनमा मङ्गलबार दिउँसो भिरमा लडेर मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय भानुका प्रमुख रमेश विष्टले जानकारी दिनुभयो ।

सोमबार जङ्गलमा घाँस काट्ने क्रममा भिरबाट लडेर आलेको घटनास्थलमै मृत्यु भएको उहाँले जानकारी दिनुभयो । शव पोष्टमार्टमको लागि दमौली अस्पतालमा ल्याईएको घटनाको सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । छंगाछुर भिर भएकोले उद्धार आलेको शव निकाल्न कठिन भएको विष्टले बताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button