वडाध्यक्षको ‘तिम्रो यादमा पिउने बानीले’

व्यास नगरपालिका–५ का वडाध्यक्ष एवम नगरप्रवक्ता मोहनकुमार श्रेष्ठले सिर्जना गरेको ‘तिम्रो यादमा पिउने बानीले’ बोलको गीत सार्वजनिक गरिएको छ । आइतबार युट्युबमार्फत गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । प्रेममा धोका पाएपछि मदिरा पिउने बानी बसेको भाव गीतले प्रस्तुत गरेको छ ।

वेभ क्याफे युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा श्रेष्ठसंगै मनराज गुरुङको पनि शब्द छ । दौतारी ब्याण्ड दमौलीमा आबद्ध मनराजले संगीत भरेको गीतमा तनहुँकै गायक पवन राना मगरले स्वर दिएका छन् । मनराज गुरुङ र विजयकाजी थापाले निर्देशन गरेको म्युजिक भिडियोमा विजयकाजी र सोनाली परिवारले अभिनय गरेका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button