व्यास ६ लाई दुई वडामा विभाजन तीन वडाको सीमाना हेरफेर

जिल्लाको व्यास नगरपालिकाले व्यासको वडा नं ६ लाई दुई वटा वडामा विभाजन गर्ने भएको छ । व्यास नगरपालिकाको ३४ औं नगर सभाले उक्त वडालाई दुईवटा वडामा विभाजन गर्ने प्रस्ताब सर्वसम्मत रुपमा पास गरेको हो । साविक श्याम्घाको वडा नं १,२,३ र ४ लाई एक वडा बनाउने र वडा नं ५,६,७,८र ९ लाई अर्को वडा बनाउनका लागि प्रदेश सरकार हुदैं संघिय सरकार समक्ष पठाउने निर्णय भएको नगर प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।

व्यास ६ का वडा अध्यक्ष सुर्यभक्त भण्डारीले नगरपालिकाकै भूगोलमा सबै भन्दै ठुलो र विकट वडा रहेकाले वडा विभिाजन आवश्यक देखिएको बताए । उनले भने,‘वडाको विकासको लागि अति आवश्यक हो । ग्रामिण भेग भएकाले सेवा दिन धेरै समस्या भईरहेको छ । उनले अघि भने,‘भूगोल नमिलेकाले वडाबासीले सहज रुपमा सेवा लिन पाएका छैनन् ।’ नगरप्रमुख न्यौपानेका अनुसार साविक श्याम्घाको वडा नं १ देखि ४ को केन्द्र सिसाघाट र वडा नं ५ देखि ९ को केन्द्र श्याम्घा हटिया बनाईने निर्धारण गरिएको छ ।

नगरसभाले व्यास ८ को कोटथोक गाँउलाई वडा नं ७ मा, व्यास ९ को छापलाई व्यास ११मा र व्यास ११ को पालगाँउलाई व्यास ९ मा गाभ्ने निर्णय गरेको छ । वडा सिमाना हेरफेरका लागि उप प्रमुख मीरा जोशीको संयोजकत्वमा समिति गठन गरिएको थियो । समितिको प्रतिवेदन साथै सर्वदलिय वैठकको निर्णय बमोजिम नगरपालिकाको आन्तरिक तथा छिमेकी गाँउपालिका तथा नगरपालिहरुका आंशिक क्षेत्रहरु समेत हेरफेर हुने गरि यस नगरपालिकाका विभिन्न वडाहरुको सिमाना हेरफेर तथा वडा विस्तार गर्ने निर्णय गरेको हो ।

नगरसभाले छिमेकी पालिकाका वडाका केही भागलाई व्यासमा समावेश गर्न सम्बन्धीत स्थानिय तहमा प्रस्ताव पठाउने निर्णय समेत गरेको छ । भानु नगरपालिका वडा नं १३ को टुटेपानीलाई व्यास ८मा, भानु ६ मुलपानीका दुई वटा टोललाई व्यास १२ मा र बन्दीपूर गाँउपालिका ३ को तानुङ भन्दा परको दुई गाँउलाई व्यास १४ मा गाभ्ने प्रस्ताव गरेको छ । नगर सभाले चालु आर्थिक बर्ष २०७७र०७८ को संशोधित नीति तथा कार्यक्रमको सममिक्षा प्रतिवेदन पारित गरेको छ ।

चालु आर्थिक बर्ष २०७७÷०७८ को संशोधित वजेट तथा कार्यक्रम १ अर्ब ७ करोड २७ लाख १२ हजार लाई यथावत कायम गरि संशोधित आयमा संघ सरकार तथा जिल्ला समन्वय समितिबाट प्राप्त हुने २ करोड २८ लाख १९ हजार थप गरि आन्तरिक आयमा सोहि बराबरको घटाईएको छ । चालु आर्थिक बर्ष ७७÷७८ को संशोधित आर्थिक विधेयक २०७७ समेत पारित भएको छ । चालु आर्थिक बर्ष २०७७ ०७८ को संशोधित विनियोजन विधेयक २०७७ पनि पारित भएको छ ।

लेखा समितिबाट पेश हुन आएको आर्थिक बर्ष २०७५र०७६ सम्मको बेरुजु तथा पेश्की सम्बन्धी १० करोड ५० लाख ४७ हजार ७ सय ६० को सम्परिक्षण गर्नु पर्ने प्रस्ताब पारित भएको छ । घरवहाल कर लगाउने प्रयोजनका लागि आवश्यक तथ्याङ्क संकलन एवं दर निर्धारण गर्ने उदेश्यका साथ आवश्यक प्रकृया अगाडि बढाउन व्यास २ का वडाअध्यक्ष काशिराम श्रेष्ठको अध्यक्षतामा घरवहाल कर व्यवस्थापन समिति गठन गरिएको छ । स्थानीय स्तरमा सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर निर्धारण एवं अध्यावधिक गर्ने कार्यका लागि नगर कार्यपालिकालाई अधिकार प्रत्यायोजन भएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button