आदिकवि भानुभक्त क्याम्पसको वार्षिक प्रतिवेदन तथा जर्नल विमोचन

व्यास नगरपालिका वडा नं १ विज्ञानचौर स्थित रहेको आदीकवि भानुभक्त क्याम्पसको वार्षिक प्रतिवेदन तथा जर्नल विमोचन गरिएको छ । नेपाल पब्लिक क्याम्पस संघका केन्द्रिय अध्यक्ष शिवराज सिञ्जेलले पुस्तकको विमोचन गरे । कार्यक्रममा बोल्दै उनले आदीकवि भानुभक्त क्याम्पस विश्व विद्यालय बन्न सक्ने क्षमताको भएको बताए । उनले सहरी क्षेत्रलाई मात्र नभई ग्रामिण भेगका विद्यार्थीलाई पनि समेटर शिक्षा प्रदान गर्न सफल भएको बताए । उनले भने,‘ यस क्याम्पस शिक्षा, खेलकुद लगायत विभिन्न क्षेत्रमा अब्बल रहेको छ ।

त्यसैले आदिकवि क्याम्पस विश्व विद्यालय बन्ने क्याम्पस हैसियतमा रहेको छ । ’ अध्यक्ष सिञ्जेलले कोरोनाको अवस्थामा पनि जर्नल प्रकाशन गर्न सक्नु उत्तम कार्य रहेको बताए । कार्यक्रममा बोल्दै व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले समुदायबाट संचालित क्याम्पसले राष्ट्रिय स्तरमा नै नाम कमाएको बताए । उनले भने,‘चन्दा उठाएर संचालन गरिएको क्याम्पसले टाढा टाढाका विद्यार्थी उच्च शिक्षा प्रदान गरेको छ । ’क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले समुदाय, विद्यार्थी शिक्षक सबैको साथले क्याम्पसले राम्रो नाम कमाउन सकेको बताए ।

कार्यक्रममा हालै सम्पन्न डाँफे मल्टिमेडियाद्धारा आयोजित मिस तनहँुको पाँचौं संस्करणमा विजेता भएकालाई सम्मान गरिएको थियो । मिस तनहँु २०२१ को विजेता हासिल गर्ने क्याम्पसकी छात्रा सुमिना गुरुङ र उपवेजता छात्रा सन्ध्या धिताललाई सम्मान गरिएको थियो । कार्यक्रममा जीवन सेवा विज्ञानले क्याम्पसको बि.बि.एस प्रथम वर्षमा अध्ययन गर्ने विपन्न विद्यार्थी बिबिन मियालाई एक वर्ष सम्म अध्ययन गर्न लाग्ने खर्च प्रदान गरेको छ । संस्थाका संस्थापक अध्यक्ष राजेशकुमार श्रेष्ठका अनुसार मियालाई शैक्षिक क्षेत्रमा आवश्यक पर्ने अन्य सामग्री पनि सहयोग गदै जाने बताए । आर याम सी का संयोजक जनक काफ्लेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्राध्यापक संघका सभापति विजयराज खनाल लगायतले बोलेका थिए ।

व्यास नगरपालिका वडा नं १ विज्ञानचौर स्थित रहेको आदीकवि भानुभक्त क्याम्पसको वार्षिक प्रतिवेदन तथा जर्नल विमोचन गरिएको छ । नेपाल पब्लिक क्याम्पस संघका केन्द्रिय अध्यक्ष शिवराज सिञ्जेलले पुस्तकको विमोचन गरे । कार्यक्रममा बोल्दै उनले आदीकवि भानुभक्त क्याम्पस विश्व विद्यालय बन्न सक्ने क्षमताको भएको बताए । उनले सहरी क्षेत्रलाई मात्र नभई ग्रामिण भेगका विद्यार्थीलाई पनि समेटर शिक्षा प्रदान गर्न सफल भएको बताए । उनले भने,‘ यस क्याम्पस शिक्षा, खेलकुद लगायत विभिन्न क्षेत्रमा अब्बल रहेको छ । त्यसैले आदिकवि क्याम्पस विश्व विद्यालय बन्ने क्याम्पस हैसियतमा रहेको छ । ’ अध्यक्ष सिञ्जेलले कोरोनाको अवस्थामा पनि जर्नल प्रकाशन गर्न सक्नु उत्तम कार्य रहेको बताए ।

कार्यक्रममा बोल्दै व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले समुदायबाट संचालित क्याम्पसले राष्ट्रिय स्तरमा नै नाम कमाएको बताए । उनले भने,‘चन्दा उठाएर संचालन गरिएको क्याम्पसले टाढा टाढाका विद्यार्थी उच्च शिक्षा प्रदान गरेको छ । ’क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले समुदाय, विद्यार्थी शिक्षक सबैको साथले क्याम्पसले राम्रो नाम कमाउन सकेको बताए । कार्यक्रममा हालै सम्पन्न डाँफे मल्टिमेडियाद्धारा आयोजित मिस तनहँुको पाँचौं संस्करणमा विजेता भएकालाई सम्मान गरिएको थियो । मिस तनहँु २०२१ को विजेता हासिल गर्ने क्याम्पसकी छात्रा सुमिना गुरुङ र उपवेजता छात्रा सन्ध्या धिताललाई सम्मान गरिएको थियो ।

कार्यक्रममा जीवन सेवा विज्ञानले क्याम्पसको बि.बि.एस प्रथम वर्षमा अध्ययन गर्ने विपन्न विद्यार्थी बिबिन मियालाई एक वर्ष सम्म अध्ययन गर्न लाग्ने खर्च प्रदान गरेको छ । संस्थाका संस्थापक अध्यक्ष राजेशकुमार श्रेष्ठका अनुसार मियालाई शैक्षिक क्षेत्रमा आवश्यक पर्ने अन्य सामग्री पनि सहयोग गदै जाने बताए । आर याम सी का संयोजक जनक काफ्लेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्राध्यापक संघका सभापति विजयराज खनाल लगायतले बोलेका थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button