तनहुँको दुषित पानीले फैलिएको भाडापखला नियन्त्रणमा

दमौली खबर संवाददाता

तनहुँ, चैत १५ गते

दुषित पानीले गर्दा तनहुँको म्याग्दे गाउँपालिका ४ मनहरिमा फैलिएको झाडापखला नियन्त्रणमा आएको छ । ६ सय ५० उपभोक्ताले उपभोग गर्ने सो ठाउँ स्थित पिपलटार खानेपानी उपभोक्ता समूहको खानेपानीको ट्याङ्कीमा लाश सडेगलेर दुषित भएकाले बिरामी भएका थिए ।

सो ठाउँमा फैलिएको रोग पूर्ण रुपमा नियन्त्रणमा आएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । ‘‘उपभोक्ता बिरामी भएको खबर पाएपछि स्वास्थ्यकर्मी सहित गाउँमै पुग्यौं सामान्य अवस्थामा हुनुहुन्छ’’ अधिकारीले भन्नुभयो ।

उपभोक्तले ट्यांकीमा शव देखे पछि मनोविज्ञानमा असर परी अधिकांशले वान्ता गर्ने गरेको र सबै जना विरामी भएको हाल समान्य अवस्थामा फर्किएको म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । ‘‘ट्याङ्कीमा शव भेटिएपछि घिन मानेर अधिकांशले बान्ता गरेका थिए अहिले सामान्य अवस्थामा आएको छ अध्यक्ष श्रेष्ठले भन्नुभयो । तत्कालको लागि मुलको पानी दुर्गन्धित ट्याङ्की नराखी नयाँ अस्थायी पाइप लाइनबाट आठ स्थानमा सार्वजानिक धारा बैकल्पिक व्यवस्था गर्ने कार्य पालिकाले गरिरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

घरघरमा वितरण गरिएको धाराको पानीमा गन्ध आएको उपभोक्ताको गुनासोपछि खानेपानी उपभोक्ता समितिले ट्याङकी खोलेर हेर्दा शव फेला परेको प्रहरीले जनाएको छ । ‘‘तत्कालको लागि खानेपानीको समस्या समाधान गर्न दुई हजार लिटर क्षमता ४ वटा पानी ट्याङ्की राखेर वितरण सार्वजानिक धाराबाट वितरण गर्ने गरी काम भईरहेको छ’’ अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

दुर्गन्ध फैलिएपछि स्थानीयले पानी ट्याङ्कीको ढकन खोलेर चेक गर्ने क्रममा लाश देखेर प्रहरीमा खबर गरेका थिए । घरघरमा वितरण गरिएको धाराको पानीमा गन्ध आएको उपभोक्ताको गुनासोपछि खानेपानी उपभोक्ता समितिले ट्याङकी खोलेर हेर्दा आईतबार शव फेला परेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । ७० लाखको लागतमा सो आयोजना योजना निर्माण गरिएको दुई लाख २५ हजार घन मिटर क्षमताको पानी ट्याङ्की मार्फत उपभोक्तालाई पानी वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

तनहुँ क्षेत्र नम्बर–२ का प्रतिनिधी सभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङकर भण्डारीले समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिएपछि काम अघि बढको बताईएको छ । सांसद भण्डारीको पहलमा सो स्थानमा सञ्चालित पिपलटार खानेपानी आयोजनाका लागि तीन लाख ७० हजार बराबरको खानेपानीको पाईप उपलब्ध गराईएको छ । सांसद भण्डारीले गण्डकी प्रदेशका खानेपानी मन्त्रालयका सचिव डा.सन्तोष कैनीलाई टेलिफोन गरि पाईपको व्यवस्था गर्न आग्रह गर्नु भएको थियो । सांसद भण्डारीको आग्रह अनुरुप खानेपानी तथा सरसफाई डिभिजन कार्यालय मार्फत पाईप उपलब्ध गराईएको नेपाली कांग्रेस तनहुँका सदस्य डम्बरबहादुर अधिकारीले बताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button