शुक्लागण्डकीमा थप ३३ जनालाई अपांगता परिचय पत्र

शुक्लागण्डकी नगरपालिकाले मंगलबार ३३ जनालाई अपांगता परिचयपत्र वितरणा गरेको छ । क वर्गको १३ जनालाई, ख वर्गको १७ जनालाई र घ वर्गको ३ जनालाई परिचयपत्र वितरण गरेको सामाजिक बिकास शाखा प्रमुख हिमा पोखरेलले जानकारी दिईन् । परिचयपत्र लिएका केही यसअगाडी नलिएका हुन् भने केही संशोधन भएर वर्ग परिवर्तन भएका उनले बताईन् ।

अपांगता परिचयपत्र वितरण गर्ने अधिकार स्थानिय तहमा आएपछि शुक्लागण्डकीमा हालसम्म ६ सय ४५ जनाले लिएका छन् । तीमध्ये क वर्गको १ सय ५७ जना, ख वर्गको २ सय ६५ जना, ग वर्गको १ सय ४५ जना र घ वर्गको ८१ जनाले परिचयपत्र लिएका छन् । स्थानिय तहले परिचयपत्र वितरण गर्ने अधिकार पाएपछि शुक्लागण्डकीले बृहत निशुल्क स्वास्थ्य शिविर आयोजना गरेर स्वास्थ्य परिक्षणको व्यवस्था मिलाएको थियो । कोरोना भाईरसका कारण चैतयता परिचयत्र वितरण रोकिएको थियो । अब भने प्रत्येक महिना वितरण गरिने सामाजिक शाखा प्रमुख पोखरेलले जानकारी दिईन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button