समुहले एक सय जेष्ठ नागरिकलाई सम्मान गर्दै

दमौली खबर संवाददाता
दमौली, असोज १४ । विश्व जेष्ठ नागरिक दिवसका अवसरमा तनहुँमा एक सय जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिने भएको छ । व्यास नगरपालिका ५ चापाघाट स्थित भजन संकीर्तन समूहले शनिबार सम्मान गर्ने भएको हो ।
संकीर्तन समूहका कार्यबाहक अध्यक्ष विष्णु गौतमले उक्त दिन ७० वर्ष कटेका जेष्ठ नागरिकहरुलाई सम्मान गरिने जानकारी दिनुभयो  । ति जेष्ठ नागरिकहरुलाई दोसल्ला ओढाइ छाता लगायतका सामग्रीबाट सम्मान गरिने समुहले जनाएको छ । व्यास नगरपालिका वडा नं. ५ र त्यस आसपासको क्षेत्रमा रहेका ति बृद्धबृद्धाहरुलाई सम्मान गरिने जानकारी कार्यबाहक अध्यक्ष गौतम बताउनुहुन्छ । आश्रमको भवनमा ति जेष्ठ नागरिकहरुलाई सम्मान गरिने समुहले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button