अशक्त र अपाङलाई घरमै भत्ता पुराऔं

तनहुँको आबुँखैरेनी गाउँपालिकाले ज्येष्ठ नागरिकलाई घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता प्रदान गरेर राम्रो कार्य गरेको छ । विशेष गरेर यस्ता कार्यबाट अशक्त र अपाङलाई मद्धत पुग्दछ । गाउँपालिकाले सोमबारदेखि वडा नं. ५ को लाब्दी भटिश्वरा गाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण कार्यको शुरुवात जेष्ठ नागरिकलाई खुसी तुल्याएको छ  । घरमै सामाजिक सुरक्षा भत्ता पाउँदा गाउँका ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकाहरु निकै खुशी भएका छन् ।  गाउँपालिका अध्यक्षले निर्वाचनका बेला सामाजिक सुरक्षा भत्ता घरघरमै पु¥याउँने प्रतिबद्धता व्यक्त गरे बमोजिम गाउँमै पुगेर प्रदान गरिएको हो । बोलेको बाचा पुरा गर्नु कर्तत्य पनि हो । नवनिर्वाचित जनप्रतिनिधिले ल्याएको आर्थिक वर्ष २०७९।०८० को वार्षिक निति, कार्यक्रम तथा बजेटमा घरघरै सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने उल्लेख गरिए बमोजि वितरण गरिएको बताईएको छ ।  यस्तो सिको अन्य पालिकालो पनि गर्ने कि । अपाङ्ग तथा ज्येष्ठ नागरिकहरुले गाउँगाउँबाट आएर बजारमा रहेको बैंकको ढोकामा घण्टौ लाईन बसेर सामाजिक सुरक्षा भत्ता लिनुपर्ने बाध्यता अब हटेको छ ।
सामाजिक सुरक्षा भत्ता टोल–टोलमै पुगेर वितरण गर्नका लागि बैंकलाई आवश्यक सुरक्षाको प्रबन्ध, यातायात र स्वएम्सेवको  समेत गाउँपालिकाले व्यवस्था गरेर गाउँपालिकाले बाचा पुरा गरेको देखिन्छ । भत्ता प्रदान गर्नको लागि बैंकहरुको पनि सहयोग मिलेकोले सफलता मिलेको हो । हिड्न सक्नेलाई टोलमा जम्मा हुन लगाउने र नसक्नेलाई घरमै पुगेर प्रदान नौलो कार्य गरिएको छ ।  यस्तो सिको गर्न अन्य पालिकाले ढिलो गर्नुहुँदैन ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button