आँबुखैरेनी वाङ्मय परिषदको अध्यक्षमा श्रेष्ठ

तनहुँको आँबुखैरेनी गाउँपालिकाले ‘आँबुखैरेनी वाङ्मय परिषद’ को गठन गरेको छ ।
  गाउँपालिकाको सभाकक्षमा आयोजित एक भेलाबाट साहित्यकार कवि अनिल श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय आँबुखैरेनी वाङ्मय परिषद गठन गरेको हो ।
  परिषद्को उपाध्यक्षमा सानुकाजी थापा, सचिवमा युवराज बगाले, सहसचिवमा कमल सापकोटा, कोषाध्यक्षमा राजेन्द्र गुरुङ रहेका छतन । त्यस्तै गरी सदस्यहरुमा रजनी चुमान, श्रीराम भट्टराई, कहरसिं थापा, कमला पन्त, निर्मला कुँवर र दिलमाया भुजेललाई मनोनित गरेको छ ।
  आँबुखैरेनी गाउँपालिकाको सभाकक्षमा आयोजित भेलामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले आँबुखैरेनी गाउँपालिकाको ११ औं गाउँपरिषदबाट ‘आँबुखैरेनी वाङ्मय परिषद ऐन २०७९’ स्वीकृत र पारित गरी गत साउन ३ गते बसेको आँबुखैरेनी गाउँपालिका, गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार वाङ्मय परिषद गठन गरिएको र आँबुखैरेनीको भाषा, साहित्य, कला र गीतसङ्गीतको विकास र सम्वद्र्धनमा यस परिषदको भूमिका उल्लेखनीय रहने बताएका छन ।
  मनोनित पदाधिकारी र सदस्यहरुलाई शुभकामना दिँदै आँबुखैरेनी वाङ्मय परिषदको प्रमुख संरक्षक गाउँपालिका अध्यक्ष शुक्र चुमानले ‘आँबुखैरेनीको आर्थिक समृद्धिमा कृषिसँगै पर्यटनलाई जोड्नुपर्ने र पर्यटकीय क्षेत्रको प्रचारप्रसार र विकासमा कलासाहित्यको भूमिका महत्वपूर्ण रहने बताउनुभयो । अध्यक्ष चुमानले ‘साहित्य, कला र सङ्गीतको विकास र शोध अनुसन्धानमुलक कार्यका लागि आँबुखैरेनी गाउँपालिकाले ‘आँबुखैरेनी वाङ्मय परिषद’ को लागि आ. ब. २०७९÷०८० बजेटबाट १५ लाख रुपियाँ विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।
     परिषदको पहिलो बैठकले आँबुखैरेनीको पर्यटकीय स्थलको रुपमा रहेको आँदीमुलमा यही २०७९ भदौ २५ गते ‘आँदीमुल शरदकालीन काव्योत्सव’ को आयोजना गर्ने निर्णय गरेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button