अरनि सिमेन्ट उद्योगको बिजुली लाईन काटियो

विद्युत बक्यौता नतिरेको भन्दै आँबुखैरेनी २ मा रहेको अरनिको सिमेन्ट उद्योगको बिजुली लाईन काटिएको छ । नेपाल विद्युत प्राधिकरण तनहँु वितरण केन्द्र अन्तर्गत आँबु प्रशाखाले उद्योगको लाईन काटिदिएको हो । उद्योगले विद्युत उपभोग बापत रु एक करोड तीन लाख ३२ हजार नौं सय महशुल नतिरेपछि लाईन काटिएको प्राधिकरणको प्रशासनले जनाएको छ । पटक–पटक विद्युत महशुल बक्यौता भुक्तानी गर्न पत्राचार गरेपनि अटेरी गरेपछि विद्युत काट्न परेको प्रशाखाले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button