सुनसान सडकमा बसेर धर्ना

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समु्हले आह्वान गरेको आम हड्तालका कारण तनहँुको जनजीवन प्रभावित भएको छ । बिहानै देखी प्रमुख चोकमा प्रचण्ड–माधव पक्षका कार्यकर्ता बिरोधमा उत्रिएका थिए । पृथ्वीराजमार्ग अन्तर्गत जिल्लाको शुक्लागण्डकीको राजमार्ग सुनसान थियो । सुनसान राजमार्गमा बन्दकर्ताहरु धर्ना बसेका थिए ।

बन्दको क्रममा दुलेगौडामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य एवं पूर्वमन्त्री आशा कोइराला लगायत अन्य नेता र कार्यकर्ताले सुनसान सडकमा बसेर धर्ना दिएका थिए ।संवैधानिक निकायहरुमा बलमिच्याई गर्दै नियुक्ति गरेको भन्दै नेकपा (प्रचण्ड–नेपाल खेमा) ले बिहीबार आम हड्तालको आह्वान गरेको हो ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा नियुक्ति गरेकी थिइन । सरकार र राष्ट्रपति मिलेर असंवैधानिक र गैरकानूनी रुपमा संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै प्रचण्ड–नेपाल समूहले आकश्मिक रुपमा आम हड्ताल गर्ने घोषणा गरेको हो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button