विकास प्रेमी नेता जोशीलाई घरदैलोमा पाउँदा मतदाता उत्साहित

दमौली खबर संवाददाता
दमौली, कात्तिक २३ । विकास प्रेमी नेताको पहिचान बनाउनु भएका उम्मेदवार गोविन्दराज जोशीलाई आफ्नो घरगाउँमा पाउँदा मतदाता उत्साहित भएका छन् ।
जे बोल्ने त्यहि पुरा गर्ने नेता जोशीको स्वभाव भएकोले मतदाता उत्साहित भएका हुन् । यस अघिका धेरै नेताले आवाश्वासन दिने तर  केही  गर्न नसक्ने परम्पराबाट हैरान भएर ग्रामिण मतदाताहरु नेता जोशीको आगमनलाई सम्मान पूर्वक सम्मान गरिरहेका छन् ।
यही स्थितीलाई मध्यनजर राख्दा नेता जोशीले सहज रुपमा चुनाव जित्ने आँकलन गर्न सकिन्छ । नेता जोशीले गरेका विगतका काम नै उहाँको जीतको आधार भएको मतदाता तथा शुभचिन्तकहरु बताउँछन् ।
सहिद पत्नि बालकुमारी लोहनीले विपीको आर्दश र सिद्धान्त अनुसार हिड्ने नेता जोशी उम्मेदवार बन्नुभएकोले मतदाताहरु उत्साहित भएको बताउनुभयो ।
‘जोशी आए गाउँको विकास हुन्छ भन्ने कुरामा मतदाताको भावाना देखिएको छ’ लोहनीले भन्नुभयो । स्वतन्त्र अभियान्ता शुकुमलाल गृुरुङले नेता जोशीले जनजाति माथि उच्च न्याय दिने भएकोले गोविन्दराज जोशीको जीत नै तनहुँको हीत भएको बताउनुभयो ।
नेता जोशी मन्त्री भएको बेला तनहुँमा अभूतपूर्व विकास भएको थियो । उहाँ मन्त्री हुँदा तनहुँको हितमा गरको सर्वाङ्गीण विकासमा दिएका योगदानदाई तनहुँका जनताले विर्सन सक्दैनन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button