तनहुँको भिमाद नगरपालिका बाझो जमिन नराख्ने अभियान सञ्चालन

दमौली खबर संवाददाता

तनहुँ, माघ १४ गते

तनहुँको भिमाद नगरपालिको पालिकाले जग्गा बाँझो नराख्ने अभियान सञ्चालन गरेको छ । बाँझो जग्गालाई उत्पादनमा लगाउने कार्यलाई प्राथमिकता दिदै नगरपालिकाले ‘‘समृद्धिको आधार उत्पादनमा वृद्धि र व्यापार’’ नाराका साथ उत्पादन बढाउन अभियान सुरु गरिएको हो । अभियान अन्तर्गत बाँझो जग्गामा उत्पादन गर्नेलाई अनुदान उपलब्ध गराउने निर्णय नगरपालिकाले गरेको छ ।

गाउँमा अधिकांश खेतबारी बाँझो राख्ने क्रम बढेकाले त्यसलाई रोकि उत्पादन वृद्धि गरि व्यापारको माध्यमबाट कृषकलाई आम्दानी दिने उद्धेश्यले अनुदानको व्यवस्था गरिएको भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले बताउनुभयो ।

‘‘आफ्नो बारीमा खेती गर्नेलाई प्रतिरोपनी दुई हजार र अरुको बारीबाट उत्पादन गर्नेलाई प्रतिरोपनी तीन हजार अनुदानको व्यवस्था गरेका छौं’’ नगर प्रमुख सुवेदीले भन्नुभयो । कृषकलाई लागत मूल्य घटाउन ट्याक्टर तथा हाते ट्याक्टर अनुदानमा दिने व्यवस्था समेत गरिएको नगर प्रमुख सुवेदीले बताउनुभयो । ‘‘बाँझो जग्गालाई उपयोग गरी कृषि उत्पादन पेशामा सङ्लग्ने हुने कृषकलाई मल, बिउ खेतजोतका लागि प्रोत्साहन स्वरुप चालु आर्थिक वर्ष देखि अनुदानको व्यवस्था गरेका हौं’’ नगर प्रमुख सुवेदीले भन्नुभयो । बाँदरले अन्नवाली धेरै नोक्सान गर्ने स्थानमा बेसार खेती गर्न आग्रह गरिएको सुवेदीले जानकारी दिनुभयो । बेसार खेतीलाई बादरले नोक्सान नगर्ने भएकोले आग्रह गरिएको नगर प्रमुख सुवेदी बताउनुहुन्छ ।

बाँझो जमिनको सदुपयोग गर्दै कृषि उत्पादन क्षेत्रमा सङलग्न हुन चाहने कृषकहरुलाई निवेदन पेश सूचित गरिएको नगरपालिकाले जनाएको छ । यस कार्यक्रमले विशेष गरेर जामिन बाँझो राखेर विदेश जाने युवाहरुलाई स्वदेशमै काम गर्न प्रोत्साहन मिल्ने र उत्पादन भएपछि खाद्यान्नमा आत्मनिर्भर हुन टेवा पुग्ने विश्वास लिईएको उपप्रमुख शारदा खनालले बताउनुभयो । ‘भारतबाट ठुलो परिमाण खाद्यान्न आयात भईरहेको छ यदी भारतले खाद्यान्न नपुगेर निर्यात रोकिदियो भने भोकमरीमा पर्न सकिन्छ , उपप्रमुख खनालले भन्नुभयो, खाद्यान्नमा आत्मनिर्भर हुन जरुरी छ’’ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button