महिलालाई सूचना प्रविधि सम्बन्धि ज्ञान प्रदान

दमौली खबर संवाददाता

दमौली, फागुन ११

तनहुँको व्यास नगरपालिका वडा नम्बर २ ले प्रदान गरेको महिलाहरुलाई सूचना प्रविधि तालिम बुधबार सम्पन्न भएको छ ।

वडाको सहयोगमा महिला वडा समन्वय समितिद्वारा आयोजित दुई दिने तालिम सम्पन्न भएको हो । सहभागी महिलाहरुलाई गण्डकी प्रदेशको निर्वतमान सांसद सरिता गुरुङ एनजिओ नेटवर्क तनहुँका अध्यक्ष प्रतापसिंह गुरुङ र सुशिला शर्माले प्रशिक्षण दिनु भएको हो । सूचनाको युगमा सूचना लिने दिने, सामाजिक संजालको सही प्रयोगका साथै वडाबाट प्राप्त हुने सूचना लिन अपनाउनुपर्ने विधिहरुका बारेमा वडाका महिलाहरुलाई जानकारी गराइएको थियो ।

सूचना के हो ? यो कसरी प्राप्त गर्न सकिन्छ ? सामाजिक संजालको समुचित प्रयोग, आधुनिक प्रविधि के हो ? जस्ता विषयमा सहभागी महिलाहरुलाई प्रशिक्षण दिइएको महिला वडा समन्वय समितिकी कोषाध्यक्ष सरला श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि व्यास नगरपालिका वडा नं. २ का अध्यक्ष काशीराम श्रेष्ठले समय अनुसार चल्न नसक्दा पछि पर्ने हुँदा तालिमको लागि मद्धत गरेको बताउनुभयो । तालिममा वडाभित्रका ६० जना महिलाहरुको सहभागिता रहेको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button