समितिलाई कामकाजी बनाउन जरुरी

विकासमा साझा प्रयाश भयो सहज हुन्छ । प्रत्येक व्यक्तिसँग फरक फरक क्षमता हुने भएकोले त्यसको समुचित प्रयोग गर्न उर्जा प्राप्त हुन्छ । उर्जाले उज्ज्यालो बनाउनको लागि एकले अर्कोलाई सहयोग गर्नुपर्दछ । व्यास नगरपालिकाले विभिन्न समिति गठन गरेर उर्जा प्राप्त गर्न खोजेको देखिन्छ । विभिन्न व्यक्तिहरुको सल्लाहकार समिति, निवर्तमान जनप्रतिनिधिहरुको परामर्श समिति गठन गरिएको छ । यसैगरी व्यास नगर खेलकुद विकास ऐन, २०७८ को दफा ३ अनुसार नगर खेलकुद समिति गठन गरिएको छ । समिति गठन हुनु ठुलो कुरा हैन गठित समितिलाई गतिशिल बनाउनु महत्वपूर्ण कुरा हो ।

समितिमा रहेको ति व्यक्तिहरुले आफ्नो सीप, क्षमता नगरको हीतको लागि प्रयोग गर्ने वातावरण बनाउनु पर्दछ । समिति ठुलो आकारको छ तर काम ठुलो आकारको हुन सकेन भने कुनै अर्थ नै राख्दैन । सबैको कुरा सुनेर राम्राकुराहरुलाई व्यवहारमा उतार्न पर्दछ । समितिमा बस्ने र पद लिने मात्रै हैन योगदान दिनु पर्छ भन्ने भावाना समितिमा बस्नेले लिनु पर्दछ । विशेष गरेर व्यास नगरपालिको समितिलाई कामकाजी बनाउने वातावराण बनाउने र उनिहरुले दिएको सल्लाह र परामर्शलाई व्यवहार उतार्न सकियो भने व्यास नगरको विकासमा छलाङ मार्न सकिन्छ । हात्तिको देखाउने दाँत जस्तै भयो भने कुनै अर्थ नै राख्दैन । यसर्थ समितिलाई कामकाजी बनाउन आवश्यक देखिन्छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button