दमौली अस्पतालमा रुघाखोकी र ज्वरोका विरामी बढे

दमौली खबर संवाददाता
तनहुँमा कोरोना भाईरसको लक्ष्यणसँग मिल्दोजुल्दो तथा र अन्य सङ्क्रणमा विरामी बढेका छन् । विरामीको चाप धेरै भएकोले सरकारी तथा निजी क्लिनिकमा भीडभाड भएको छ । जिल्लाभर ज्वरो आउने रुघाखोकी लाग्ने, टाउको तथा घाँटी दुख्ने समस्या भएका विरामी बढेका हुन् ।
      सदरमुकाम दमौलीका अतिरिक्त डुम्रे, आँबुखैरेनी, भिमाद, खैरेनीटार, दुलगौंडा जस्ता मूख्य बजार तथा ग्रामिण क्षेत्रका स्वास्थ्य सस्थामा विरामी बढेका हुन् । दमौली अस्पतालमा यतिबेला रुघाखोकी र ज्वरोका बिरामीहरु बढेका छन । साउनको दोस्रो सातादेखि नै रुघाखोकी र ज्वरोका बिरामीहरु बढेको अस्पतालले जनाएको छ ।
  हाल दैनिक तीन सय विरामी आउने गरेको र ति मध्ये १ सय ५० भन्दा बढी रुघाखोकी र ज्वरोका बिरामी आउने गरेको दमौली अस्पतालले जनाएको छ ।  रुघाखोकी, ज्वरो, टाइफाइड, बाथ, सुगर, प्रेसरका बिरामीको संख्या बढेको दमौली अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. दिवस ढकालले बताउनुभयो  । व्यास नगरपालिका र छिमेकी गाउँपालिकाहरुबाट बढी मात्रामा बिरामीहरु उपचारमा आउने गरेको जानकारी उहाँले दिनुभयो । बिरामीहरुलाई बासी सढेगलेको खानेकुरा नखान, सफा सुग्घर भएर बस्न, उमालेको पानी खान, साबुनपानीले पटक पटक हात धुन, स्वास्थ्य सल्लाह दिदै आएको डा. ढकाल बताउनुहुन्छ ।
    इमरजेन्सीमा समेत बिरामीको भिड लाग्ने गरेको अस्पतालकी अहेब पवित्रा वि.क.ले जानकारी दिनुभयो । हाल विरामीको चाप धेरै भएकोले अस्पतालका चिकित्सकलाई भ्याइ÷नभ्याई भइरहेको छ ।  बिरामीको चाप बढेपछि बेडको अभाव हुने गरेको अस्पतालले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button