देवघाटमा बगाएर नदीले रुसी नागरिक बेपत्ता

तनहुँ, साउन ३१ गते । तनहुँको देवघाट धाममा नुहाउने क्रममा एक विदेशी नागरिक बेपत्ता हुनु भएको छ । गाउँपालिका–५ स्थित बेणीसङ्गमा स्थित कालीगण्डकी र त्रिशुलीनदीको सङ्गम स्थलमा नुहाउने क्रममा रुसी नागरिक बेपत्ता हुनु भएको हो ।
 पासपोर्ट नम्बर ७५९१७६६१८ नम्बरको भएको वर्ष २९ को पिटर रुजिन सङ्गमस्थलमा मङ्गलबार दिउँसो २ बजे नुहाउने क्रममा अचानक डुबी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।
इलाका प्रहरी कार्यालय देवघाट, तनहुँबाट प्रहरी टोली खटिई खोज तलास भईरहेको मङ्गलबार साँझ सम्ममा पनि फेला पार्न नसकिएको उहाँले बताउनुभयो । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । रुसबाट पिटर नेपाल घुम्न आउनु भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button