व्यास नगरपालिकाद्धारा १४ वटै वडामा सहायता कक्ष स्थापना

बिन्जु अधिकारी
दमौली १ भदौ  ।
 तनहुँको एक पालिकाले प्रमुख प्रशासकीय कार्यालयका अतिरिक्त सबै वडा कार्यालयमा सहायता कक्ष स्थापना गरेको छ । व्यास नगरपालिकाले बुधबारबाट नागरिक सहायता कक्ष र टोल फ्रि नम्बर सञ्चालनमा गरेको हो  । सेवा प्रवाहलाई सहजता ल्याउन केन्द्र केन्द्र सञ्चालन हो  ।
सहायता कक्ष स्थापना गरेपछि सेवाग्राही खुसी भएका छन् । उक्त सहायता कक्षको बुधबार शुभारम्भ गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सेवाग्राहीहरुलाई सहज ढङ्गले सेवा प्रवाह गर्ने उद्धेश्य अनुरुप सहायता कक्ष सञ्चालनमा ल्याइएकाले यसको अधिकतम उपयोग गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।  सेवा ग्राहीलाई नगरपालिका आएपछि कुन कामको लागि कसलाई भेट्ने थाहा नहुने हुँदा समस्या पर्ने गरेकोले सहायता कक्षले सो समस्या समाधान हुने नगर प्रमुख न्यौपानेले बताउनुभयो । सहायता कक्ष सञ्चालन भएसँगै जनप्रतिनिधी कर्मचारी र आम नागरिक बिचको सम्बन्ध प्रगाढ हुने विश्वास लिईएको उद्घाटन कार्यक्रममा जानकारी दिईएको थियो  ।   सेवामा नागरिकले सास्ती खेप्न नपरोस भनेर केन्द्र सञ्चालन ल्याएको  प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले बताउनुभयो ।
 सार्वजानिक सेवा प्रवाहलाई सहज, छिटो, छरितो, पारदर्शी र नागरिक मैत्री मद्धत पुग्ने विश्वास लिईएको नागिलाले बताउनुभयो । ‘केन्द्रले सरल रुपमा सेवा प्रदान गरी सेवाग्राहीको सन्तुष्ट अभिवृद्धिमा पुलको रुपमा काम गर्ने अपेक्षा लिएका छौं’ नागिलाले भन्नुभयो । नगरपालिकाले प्रमुख प्रशासकीय कार्यालयका अतिरिक्त १४ वटै वडामा सहायतका कक्ष स्थापना गरेको नागिलाले जानकारी दिनुभयो ।  ‘नागरीक मैत्री बनाई सेवा सहज, छिटो, छरितो चुस्त बनाउन सबै वडाका कर्मचारीलाई निर्देशन गरेका छौं’ नागिलाले भन्नुभयो ।
उक्त सहायता कक्ष मार्फत सेवाग्राहिहरुले आवश्यक पर्ने निवेदन र पेश गर्नुपर्ने आवश्यक कागजातहरुको फोटोकपि निशुल्क रुपमा प्राप्त गर्ने सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिनुभयो ।  यसैगरि सम्पुर्ण नगरवासीले टोल फ्रि नं १६६०६५५२००६ मार्फत नगरपालिकाबाट प्रदान गरिएका सेवाहरुका बारेमा जानकारी लिन तथा नगर सित सम्बन्धि सम्पुर्ण कामहरुका बारेमा सुझाव दिन सक्ने पण्डितले बताउनुभयो । सहायत कक्ष सञ्चालन गरिए पछि नगरवासी खुसी भएका छन् । बुधबार नगरपालिकामा सेवा लिन आउनु भएका वडा नम्बर–१ गल्वुवेशी निवासी दुर्गाभक्त अधिकारीले सेवाग्राहीलाई सेवा कसरी लिने भन्ने जानकारी नहुँदा समस्या पर्ने गरेकोले सहायता कक्षले अन्योलता हटाउन मद्धत पुग्ने बताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button