देवघाटधामलाई सुरक्षित बनाऔं

देवघाटधाममा वर्षेनी नुहाउने क्रममा मानिसको ज्यान जान्छ । नदीमा जलप्रवाह धेरै हुने भएकोले पनि धर्मालम्बीलाई ज्यान जोगाउन कठिन हुन्छ । एक साताको अवधिमा मात्रै देवघाट धाममा नुहाउने क्रममा दुई जना बेपत्ता भए । मंगलबार मात्रै  नदीले बगाउँदा रुसी नागरिक बेपत्ता हुनु भयो ।  तनहुँको देवघाट गाउँपालिका–५ स्थित बेणीसङ्गमा स्थित कालीगण्डकी र त्रिशुलीनदीको सङ्गम स्थलमा नुहाउने क्रममा रुसी नागरिक बेपत्ता हुनु दुखत कुरा हो । नुहाउनको लागि सिमित स्थान तोकि, एक जना पौडी खेल्ने सीप समेत जानेको सुरक्षाकर्मी परिचालन गरि नुहाउँदा अपनाउनु पर्ने सर्तकतालाई पालना गर्न लगाउनुपछू ।
                      नदीमा बालुवा भासिने, छालहरु आएर डुबाउने जस्ता कारणले धेरैले ज्यान गुमाउनु परेको छ । रुसी नागरि पासपोर्ट नम्बर ७५९१७६६१८ नम्बरको भएको वर्ष २९ को पिटर रुजिन सङ्गमस्थलमा मङ्गलबार दिउँसो २ बजे नुहाउने क्रममा अचानक डुबी बेपत्ता भएको कुरालाई गंभिरता पूर्वक लिएर आगामी दिनमा सुरक्षित कसरी बनाउन सकिन्छ त्यसबारेमा ध्यान दिइनु पर्दछ । नदीमा प्राय व्यत्तिको लापरबाहीले ज्यान जाने गर्दछ । नुहाउँदा डिलमा मात्रै बस्नु पर्छ नदीभित्र जानु हुँदैन । हेर्दा सामान्य लागेपनि नदी धेरै नदीको संगम भएकोले धेरै गहिरो हुने र वर्षायाम भएको प्रवाहपनि धेरै हुने गर्दछ । बेलैमा होस पु¥याउने हो भने ज्यान जोगाउन सकिन्छ । देवघाट धाममा नुहाउनको लागि मात्रै पक्कि संरचना बनाएर घेराबन्दी गर्ने हो धेरैको ज्यान जोगाउन सकिन्छ । त्यसको लागि राज्यले लगानी गर्ने र भक्तजनले दान दिने हो भनि साकार पार्न सकिन्छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button