अबैध लागू औषध सहित गुरुङ पक्राउ

दमौली खबर संवाददाता
दमौली, १ भदौ ।
तनहुँ प्रहरीले अवैध लागू औषध सहित एक युवकलाई पक्राउ गरेको छ ।  चितवनको कालीका नगरपालिका वडा नं. ४ पदमपुर बस्ने बर्ष २० को राजेश गुरुङलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । आँबुखैरेनी गाउँपालिका–४ बेनिटर स्थित पृथ्वी राजमार्ग सडक खण्डमा अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिप तनहुँबाट चेकिङमा खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेको हो ।  चितवनबाट पोखरा तर्फ आउदै गरेको ग १ ख २९५५ नं.को माईक्रो बसलाई रोकी चेकजाँच गर्ने क्रममा माईक्रोबसमा सवार गुरुङलाई शंका लागी नियन्त्रणमा लिई चेकजाँच गर्दा निजको साथमा रहेको झोला भित्र लुकाई राखेको अवस्थामा लागु औषध डाईजोपाम १५ एम्पुल, फेनरागन ६ एम्पुल, नुर्फिन ७ एम्पुल गरी जम्मा २८ एम्पुल र,नाईट्रोभेटको चक्की ९० ट्याप्लेट फेला पारी उक्त लागु औषध बरामद गरी आवश्यक अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button