शान्तिनगरका रानाको घरमा युवतीद्धारा पेट्रोलियम पदार्थ छर्केर आगजनी

दमौली खबर संवाददाता

दमौली, फागुन १४ ।

व्यास नगरपालिका ३ शान्ति नगर स्थित पञ्च वहादुर रानाको घरमा विहीबार राती साढे १० वजे आगजनी भएको छ । अपरिचित एक युवतीले पेट्रोलियम जन्य पदार्थ छर्केर आगजनी गरेकी हुन् । स्कुटरमा आएकी ति युवतीले रानाको घरको च्यानल गेटमा आगजनी गरेकी थिइन् । ति महिलाले कपडामा पेट्रोलियम जन्य पदार्थले च्यानलगेट भित्र आगो लगाएर फरार भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शुरुमा रानाको घर हेरेर फर्कीएकी ति युवतीले रानाको घर नजिकै रहेको चाउमिन फ्याक्ट्रीको रोकी राखेको जिप अगाडी स्कुटर रोकेर आगो लगाएको सिसि क्यामेराबाट देखिएको छ

छ । सोही ठाउको पिच सडक छोडेर नालाको वाटो हुदै ति युवती कपडामा प्रज्ज्वलशिल पदार्थ लिएर आगजनी गरेर भागेको स्थानीयले बताएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले रानाको घरमा प्रज्ज्वलनशिल पदार्थको प्रयोग गरी आगजनी भएको जनाएको छ । दोषी पहिचालन गरी कारवाही अगाडी वढाउन पिडीतले निवेदन दिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक नरहरी अधिकारीले जानकारी दिनुभयो । सेतो जकेट, व्राउन कलरको पाइन्ट र ककसुज लगाएकी ति युवतीले स्कुटर चलाउदा अगाडी खाली भएको हेल्मेट लगाएको सिसि क्यामेरामा कैद भएको दृश्य वाट देखिएको छ । रानासँग रिसीवी भएकाले त्यसरी घरमा आगजनी भएको हुन सक्ने अनुमान गरिएको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो । आगो समयमै निभाइएकाले मानविय क्षती हुन नपाएको सोही ठाउँ निवासी स्थानीय वासिन्दा शिला वाग्लेले जानकारी दिनुभयो । ‘‘तनहुँमा यसरी पेट्रोलियम पदार्थको प्रयोग गरी मानिसले घरको च्यानलगेट भित्र आगो लगाएको सायद पहिलो घटना हो, वाग्लेले भन्नुभयो यो घटना पछि स्थानीय वासिन्दा त्रसित भएका छन् ।’’ सिसी क्यामेरामा देखिएको हुलियाको आधारमा ति युवतीको खोजी भइरहेको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
  • All
    ==गजल==
Back to top button