माओवादीबाट कोइराला, चुमान र ढकाल सिफारिसमा परे

दमौली खबर संवाददाता
नेकपा माओवादी केन्द्र तनहुँबाट निर्वाचन क्षेत्र नं. १ र २ मा प्रतिनिधि सभा र प्रदेश सभाको लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । तनहुँ क्षेत्र नं. १ मा प्रतिनिधि सभाका लागि केन्द्रिय कोषाध्यक्ष श्रीराम ढकाल र केन्द्रीय सदस्य हरिबहादुर चुमानलाई सिफारिस गरिएको हो । त्यस्तै क्षेत्र नं. २ को प्रतिनिधि सभाका लागि केन्द्रिय सदस्य आशा कोइरालालाई सिफारिस गरिएको छ । समानुपातिक तर्फ शम्भुबहादुर अधिकारी, अरुण खनाल, ओमकुमारी पौडेल, रामबहादुर थापा, जुम्मादिन मिया सिफारिसमा परेको माओवादी केन्द्र तनहुँले जनाएको छ । त्यस्तै तनहुँ क्षेत्र नं. १ (क) बाट प्रदेश सभा सदस्यका लागि दिपक पन्त, शंकर जोशी, (ख) का लागि हेमराज लामिछाने, सूर्यबहादुर गौली, भिम राना, त्यस्तै क्षेत्र नं. २ (क) मा राजेन्द्रकेशरी न्यौपाने, अतिन्द्रकेशरी न्यौपाने, ओमराज आले, विकास श्रेष्ठ, मदन पौडेल र (ख) मा देवीकुमारी बुर्जा मगर सिफारिसमा परेका छन । प्रदेश समानुपातिक तर्फ इन्द्रबहादुर अधिकारी, गिता शाही, बसन्त दरै, जौमाया बराल सुनार, दिलबहादुर नेपाली सिफारिसमा परेको कार्यालय सचिव वसन्त दरैले जानकारी दिनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button