सरसफाई व्यवस्थापन केन्द्र बनाउन स्थानीयको विरोध दमौली

अमरराज नहर्की÷तनहुँ समाचारदाता
तनहुँ, भदौ १८ गते । तनहुँको व्यास नगरपालिकाले वडा नम्बर १० को मङ्गलीगैरामा सरसफाई व्यवस्थापन केन्द्र बनाउने कार्य अघि बढाएपछि स्थानीयले विरोध गरेका छन् ।  अबरोध आएपछि नगरपालिकाले स्थानीय जनतासँग भेट गरी राय बुझेको छ । सो अवसरमा स्थानीयले उक्त स्थान उपयुक्त नभएको जनाएपछि व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपानलेले बैकल्पिक स्थानको खोजी गरिने बताउनुभयो । ‘प्रक्रिया अघि बढाईएको मात्रै स्थानीयसँग वातावरणीय मूल्याङ्कन र स्थानीय वासिन्दासँगको परामर्श हुन बाँकी नै छ स्थानीय जनताको भावाना विपरित काम नहुने नगर प्रमुख न्यौपाने बताउनुभयो ।
     सो स्थानमा  व्यास नगरपालिकाले सरसफाई व्यवस्थापन केन्द्र बनाउनको लागि जग्गा खरिद प्रक्रियाका लागि स्विकृत माग गर्ने निर्णय भएपछि स्थानीयले विरोध गरेका हुन् । वडावासीको प्रतिकुल रहेकाले उक्त निर्णय उपर आम स्थानीय वासिन्दासँग छलफल हुँदा उक्त स्थानमा फोहोर व्यवस्थापन  गर्न नदिने निर्णय भएको छ । स्थानीयको वेवास्ता गरी प्रक्रिया अगाडी बढाएमा कुहिने फोहोर व्यवस्थापनमा समेतमा रोक लगाई संघर्ष समिति गठन गरी अगाडी बढाउने माग स्थानीयले नगरपालिका समक्ष गरेका छन् । सो निर्णयको विरोध गर्दै स्थानीय वासिन्दाको तर्फबाट मङगलीगैरा टोल विकास सस्थाको अध्यक्ष डिल्लीराम सापकोटाले व्यास नगरपालिका प्रमुख न्यौपानेलाई कार्यान्वयन नगर्न माग राखिएको पत्र हालै बुझाईएको थियो ।
 सो अवसरमा नगर प्रमुख न्यौपानेले स्थानीय असर पार्ने गरि काम अघि नबढाउने प्रतिबद्धता व्यक्त गर्नु भयो । फोहोर व्यवस्थापन जहाँ गर्दा पनि विरोध आउँदा समस्या पर्ने  सो ठाउँमा  वातावरणी मूल्याङ्कन गरेर उपयुक्त नभएमा प्रक्रिया अघि नबढ्ने बताउनुभयो । बीच बस्तीमा फोहोर व्यवस्थापन गर्न लागेको विरोध गरेको अन्यत्र बनाउने सन्र्दभमा मद्धत गरिने नेपाल रेडक्रस सोसाईटी दुम्सी उपशाखाका सचिव श्रीकृष्ण आचार्यले बताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
  • (no title)
Back to top button