नेकपा (एमाले) ले वुझायो ध्यानाकर्षण पत्र

दमौली खबर संवाददाता
नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँले यहि मंसिर ४ गते हुने आम निर्वाचन निश्पक्ष, धाँधली रहित र शान्तिपुर्ण वनाउन माग गर्दे जिल्ला प्रशाशन कार्यलय, तनहुँ, प्रहरी कार्यलय र निर्वाचन आयोगलाई ध्यानाकर्षण वुझाएको छ ।
विज्ञप्तीमा भनिएको छ । यहि मिती २०७९ मंसिर ४ गते हुने आम निर्वाचन निष्पक्ष, धाँधलीरहित र शान्तिपुर्ण हुनेछ र वन्नेछ भन्ने कुरामा हाम्रो पार्टी नेकपा (एमाले) जिल्ला कमिटी विश्वस्त छ ।
निर्वाचन कार्यक्रम संचालन गरि रहँदा, निर्वाचन सम्पन्न नहुँदा सम्म कर्मचारीको भुमिका, मतदाता शिक्षामा सरकारद्धारा खटाईएका स्वयंम सेवकहरुको भुमिका र सुरक्षा निकाय र अन्य राज्यका जनशक्तिको भुमिका तटस्थ रहने नै छ ।
निर्वाचन र निर्वाचनको वेलामा राज्य शक्तिको दुरुपयोग, साधन श्रोतको अनुचित प्रयोग विगतको निर्वाचनमा देखिएका क्रियाकलाप हुन् । यस्ता क्रियाकलाप हुन नदिन सचेत गराउन चाहन्छौ । निर्वाचनको वेला घट्न सक्ने विगतको अनुभववाट पाठ सिक्दै त्यस्ता घटना घट्न नदिन निर्वाचन कार्यलय, सुरक्षा निकाय सचेत रहन पर्ने देखिन्छ र हामी सचेत छौ । सम्वन्धित निकायको पनि सोही भुमिकाको अपेक्षा गर्दछौ । निर्वाचन सम्पन्न गर्न हाम्रो पार्टीवाट संवैधानिक र कानुनी हिसावले सहयोग हुनेछ र गर्नेछौ । यहाँहरुवाट निश्पक्ष, तटस्थ भुमिका होस भन्ने कुराको अपेक्षा गर्दे निर्वाचनको सन्र्दभमा ध्यान आर्कषण गर्न चाहन्छौ । अध्यक्ष श्रीप्रसाद श्रेष्ठ वाट जारी ध्यानाकर्षण पत्रमा जनाईएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button