कार्यसम्पादन परिक्षणमा शुक्लागण्डकीको जनकल्याण सर्वाेत्कृष्ट

दमौली खबर संवाददाता
तनहुँ, भदौ २८ । कार्य सम्पादन परिक्षणमा शुक्लागण्डकी नगरपालिका–५, बेलचौतरा स्थित जनकल्याण माध्यमिक विद्यालय तनहुँ जिल्लामै सर्वोत्कृष्ट भएको छ ।
नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शैक्षिक गुणस्तर परीक्षण केन्द्र, सानोठिमी भक्तपुरले गरेको विद्यालय कार्यसम्पादन परीक्षणको प्रतिवेदन सश्लेषण अनुसार जिल्लाभित्रका सामुदायिक विद्यालयहरुमा जनकल्याण सर्वोत्कृष्ट भएको हो । प्रतिवेदन अनुसार जनकल्याणले ८७.७१ अंक प्राप्त गरेको छ ।सार्वजनिक प्रतिवेदन अनुसार कास्कीको विन्ध्यावासिनी मावि बाटुलेचौर ९४.५९ अंक प्राप्त गरी नेपालमै सर्वोत्कृष्ट भएको छ ।
यो नजिता ६० जिल्लाका विद्यालयहरुको हो । जनकल्याण देशभरमै १४ औं स्थानमा परेको छ । दमौली स्थित सत्यवती माध्यामिक विद्यालय जिल्लामा दोस्रो भएको छ । यस विद्यालय १७ औं स्थानमा परेको छ । सत्यवतीले ८६.३२ अङ्क पाएको छ ।  ६० जिल्लाको ४ हजार ८६७ विद्यालयको कार्य सम्पादन परिक्षण गरिएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button