कांग्रेसको क्षेत्रीय विरोध सभा, ओलीको निरंकुश शैलीले जनता सडकमा ःकाँगे्रस नेता भट्टराई

संसद विघटन गरेको विरोधमा नेपाली काँग्रेसले शनिवार तनहँुमा प्रदर्शन गरिएको छ । तनहँुको ४ वटा प्रदेश सभा क्षेत्रमा प्रदर्शन गरिएको तनहँु काँग्रेसले जानकारी दिएको छ । तनहुँमा प्रदेश निर्वाचन क्षेत्र १ (१) को बाईसजाँघर र १ (२) को आँबुखैरेनीमा सभा भएको थियो । यसैगरी २ (१) खैरेनीटार तथा २(२)को घिरिङ देउरालीमा सभा गरिएको थियो ।

बाइसजाँघरमा हुने सभालाई केन्द्रीय सदस्य गोविन्द भट्टराईले सम्बोधन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य भट्टराईले ओली सरकारको नियोजित शक्ति संञ्चयको सिलसिला सँगै संविधानमा हुँदै नभएको प्रावधानलाई टेकेर असंवैधानिक र अलोकतान्त्रिक चरित्र प्रदर्शन गरेकाले जनता यसको विरोधमा उत्रिनु परेको बताए ।

उनले लोकतान्त्रिक जनताद्वारा निर्वाचित संसदीय व्यवस्था र उक्त व्यवस्थाका लागि परिकल्पना गरिएको संसद् विघटन हुनु निरंकुशताको संकेत भएको उल्लेख गरे विरोध कार्यक्रममा सम्बोधन गर्ने जिल्ला सचिव लक्ष्मी आचार्य महासमिति सदस्य, आनन्दराज त्रिपाठी, जिल्ला समन्वय समिति प्रमुख शान्तिरमण वाग्ले लगायत अधिकांश वक्ताहरुले एउटा पार्टीको आन्तरिक झगडा ले देश र लोकतान्त्रिक व्यवस्थालाई नै समाप्त पार्ने बाटोमा लागेकाले त्यसको विरुद्धमा नेपाली जनता सडकमा उत्रिनु परेको भन्दै संसद विघटन जस्तो असंवैधानिक कदम तुरुन्त सच्याउनु पर्ने विचार व्यक्त गरेका थिए ।

क्षेत्रीय सभापति काशीराम श्रेष्ठको सभापतित्वमा विरोध सभामा केन्द्रीय नेताको भने कमजोर उपस्थिती देखिएको थियो । नेपाली कांग्रेस पार्टीको आगामी विरोध कार्यक्रम माघ ३ गते ७५३ एउटै गाउँ नगरमा र माघ ८ गते ६७४३ वडामा रहेको आयोजकले जानकारी गराएको थियो ।त्यस्तै खैरेनीटारको सभामा कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले सम्बोधन गर्ने गरेका थिए । विरोध सभालाई प्रदेश सभा क्षेत्रका नेताहरुले सम्बोधन गर्दै संसद पुनरस्थापना नभएसम्म आन्दोलन जारी रहने भन्दै विरोध प्रर्दशन गरिएको तनहँु काँगे्रसले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button