प्रचण्ड–नेकपाको विरोध प्रदर्शन असंवैधानिक कदम सच्याउन सुझाव

नेकपा प्रचण्ड–माधव समूहले तनहँुको दमौलीमा विरोध प्रदर्शन गरेका छन्। जिल्लाका विभिन्न ठाउँबाट आएका नेता तथा कार्यकर्ताहरुले दमौलीमा प्रदर्शन गरेका थिए। ‘संसद विघटनको असंवैधानिक कदम खारेज गर’लेखिएको ब्यानरमा नेकपा प्रचण्ड–माधव समूहले प्रदर्शन गरेका हुन्। नारा लगाउदै निस्केको जुलुश बजार परिक्रमा गरी व्यास ३ स्थित रहेको मैदानमा पुगेर कोण सभामा परिणत भएको थियो।

कोण सभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रिय सदस्य प्रतापलाल श्रेष्ठले प्रधानमन्त्रीले चालेको कदम असंवैधानिक भएकाले सच्याउन चेतावनी दिए । उनीहरुले अदालतबाट असंवैधानिक कदम नसच्चिए सकडबाट फाल्ने बताए। उनले भने,‘ प्रधानमन्त्रीको कदमले देशलाई खाल्डलमा हाल्दै छ । समयमा नै कदम सच्चाउन आवश्यक रहेको छ । ’ उनले अघि थपे,‘वैशाख अघि नै प्रधानमन्त्री ओलीलाई सडकबाट फालिने छ । ’

नेकपाको गण्डकी प्रदेश सचिवालय सदस्य हेमराज लामिछाने क्षितिजले प्रधानमन्त्रीले जनताले दिएको अधिकार खासेर व्यक्तिगत स्वार्थ पूरा गर्न लागेको समेत आरोप लगाए । उनले भने,‘जनताको अधिकार खोसीएको छ । प्रतिघमन नसच्चिए ओली आफै खतम हुनेछन् । ’ उनले नेकपा पार्टी र सुर्य चिन्ह आफनै हुने समेत दाबी गरे । त्यस्तै अर्की सदस्य रेखा थापा बस्यालले प्रधानमन्त्रीले राष्ट्रवादको नारामा मात्र रहेको तर व्यवहारमा नरहेको आरोप लगाईन् । उनले गलत क्रियाकलाप गर्नेको समयमा नै भण्डाफोर गर्नुपर्ने समेत बताईन् । त्यस्तै पार्टीका गण्डकी प्रदेश कमिटिका सदस्य शंकरनारायण श्रेष्ठले विचारको आधारमा पार्टीमा संगठित भएको बताउदै बाँकी दुई वर्ष जनतालाई निराश बनाउन नहुने बताए ।

प्रतिनिधि सभाकाकी निवर्तमान सदस्य कलिला खानले संसद विघटन नभएको भन्दै जिवितै रहेको दाबी गरिन् । उनले सविधानमा संसद विघटन गर्ने कानुन नभएको समेत बताईन् । उनले भनिन्, ‘प्रस्तावित चुनाव हुदैन, हामी हातेमालो गरेर अगाडी बढ्न आवश्यक छ । ’ पालिकाको तर्फबाट बोल्दै बन्दिपूर गाँउपालिकाका अध्यक्ष पूर्णसिं थापाले बहुमतको स्थानमा पुग्दापनि विरोध गर्न परेको बताए । पार्टीका जिल्ला सचिव रहेका राजेन्द्रकेशरी न्यौपानेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेकपा व्यास नगर कमिटिका अध्यक्ष श्रीराम कार्की, लगायत अन्य नेताले बोलेका थिए । प्रदर्शनका क्रममा नेता तथा कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्धमा नाराबाजी गरेका थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button