मृगौला पिडित मिना माया थापाको उपचारका लागि लाइभ कन्र्सट हुने

दमौली खबर संवाददाता

दमौली, पुस २७ ।

शिद्ध युवा क्लव व्यास– ५ ले मृगौला पिडित मिना माया थापाको उपचारका लागि लाइभ कन्र्सट गर्ने भएको छ । बुधवार दमौलीमा क्लवद्धारा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमका संयोजक हर्कबहादुर थापाले राज्यले गर्नुपर्ने काम शिद्ध युवा क्लव मानुङ्गले आयोजना गर्न लागेको बताउदै दमौलीमा सञ्चालित पाँचौँ आदिवासी जनजाति तनहुँ सांस्कृतिक महोत्सवमा पुस २९ गते साझ ६ बजेबाट ९ बजेसम्म कन्र्सट आयोजना गरि उठेको रकम पिडितलाई हस्तान्तरण गरिने बताउनुभयो ।

आँबुखैरनी गाउँपालिका वडा नं. ३ स्वामीबोटे टोल निवासी ५१ बर्षिय मिना माया थापा विगत लामो समयदेखी मृगौलाको रोगबाट पिडित हुनुहुन्छ । उहाँको सहयोगका लागि उर्गेनडोङ व्याण्ड तथा स्थानिय कलाकारहरुले कन्र्सटमा आफ्नो प्रस्तुती प्रस्तुत गर्ने क्लवका संस्थापक अध्यक्ष सुमन थापाले बताउनुभयो । पत्रकार सम्मेलनमा कार्यक्रमका निर्देशक केहरसिंह आले बादल तथा निर्दोष भट्टराई लगायतले सेवा नै धर्म हो भन्ने भावनाबाट प्रेरित भई आफुहरुले उक्त कार्यक्रमको आयोजना गर्न लागेको र सम्पूर्ण जिल्लाबासीहरुको साथ र सहयोग रहनेमा विश्वास व्यक्त गर्नुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button