रोकिएन सवारी दुर्घटना,एक वर्षमा २० चालक सहित ४८ जनाको मृत्यु

दमौली खबर संवाददाता
साउन १४, दमौली ।
तनहुँ ट्राफिक प्रहरीले हप्तैपिच्छेजस्तो ट्राफिक सचेतनाको काम गरिरहेको छ । गएको आर्थिक वर्ष २०७७÷७८ मा मात्रै प्रहरीले तनहुँमा चार सय ३९ वटा सचेतना कार्यक्रम गर्यो । जिल्लाका विभिन्न स्थानमा पुगेर एक वर्षमा ९७ हजार ९ सय २० जनालाई ट्राफिक नियम पनि सिकायो । सर्वसाधारणदेखि सवारी चालकहरुलाई समेत सचेतना दिदा पनि दुर्घटना हुने क्रम रोकिएको छैन । ट्राफिक प्रहरीले तनहुँमा एक वर्षमा ९० सवारी दुर्घटना भएको जनाएको छ। यहाँसम्म कि जसलाई सवारी सञ्चालनको जानकारी छ,उसैको लापरवाहीले दुर्घटना भइरहेको छ । ट्राफिक सचेतना गराइएकाहरुले पनि नियमको उल्लंघन गर्दा दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ। आर्थिक वर्ष ०७७÷७८ मा दुर्घटनाकै कारण स्वयं चालकदेखि यात्रु र पैदलयात्रुले समेत ज्यान गुमाएका छन्रु ।

वितेको एक वर्षमा २० जना सवारी चालक तथा २८ जना यात्रु र पैदल यात्रुले पनि ज्यान गुमाए । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहँुका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा एक सय २९ सवारी साधन सवारी दुर्घटनामा परी ८ महिला,३७ पुरुष र तीन बालकले ज्यान गुमाएका छन् । गत आर्थिक वर्ष ७६÷७७मा ६८ सवारी दुर्घटनामा ४४ जनाले ज्यान गुमाएका थिए । जसमा ११ महिला,३० पुरुष, दुई बालक र एक बालिका रहेका थिए । सवारी दुर्घटनामा परी मृत्यु हुनेमा सबैभन्दा बढी दुई पाङग्रे सवारी चालक रहेका छन् । एक वर्षमा ६६ वटा दुई पाङ्ग्रे सवारी साधन दुर्घटनामा परेका छन् । दुई पाङ्ग्रे सवारी साधन सबैभन्दा बढी जोखिममा रहने गरेको तनहुँ ट्राफिक प्रहरी प्रमुख डोलेन्द्रबहादुर हमालले बताए । चालकको सानो लापरवाही र ट्राफिक नियम विपरीत जाँदा ठूलो क्षति हुने गरेको उनले
बताए ।
२० हजार चालकले गरे नियम उल्लघन
तनहँुमा एक वर्षको अवधिमा २० हजार चालकले सवारी नियम उल्लंघन गरेका छन् । नियम उल्लंघन गर्ने उनीहरुलाई कारवाही गरिएको छ । ट्राफिक प्रहरीले मादकपदार्थ सेवन गरेर गाडी चलाउने, सिट बेल्ट नबाँच्ने, मोबाइल फोन प्रयोग गर्ने, छतमा यात्रु राख्रे, प्रयोजनविपरीत चलाउने, साइड मिचेर गाडी चलाउने, गलत ठाउँमा ओभरटेक गर्ने र तीब्र गतिमा चलाउने २० हजार चालकलाई कारबाही गर्दा एक करोड ३१ लाख २३ हजार पाँच सय राजश्व संकलन भएको छ । कारबाहीमा ५ हजार ७ सय ४५ ट्रक÷टिपर,एक हजार आठ सय १८ बस, चार हजार ७३ कार÷
जिप, एक हजार ५ सय ८७ ट्याक्टर,६ हजार ६ सय ४६ मोटरसाईकल र एक सय ३१ अन्य सवारी साधन परेका छन् । त्यस्तै आर्थीक वर्ष २०७६÷७७ मा २१ हजार एक सय ५० सवारी चालकलाई कारबाही गर्दा एक करोड ३४ लाख ५१ रुपैया राजश्व संकलन भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button