शिव माध्यमिक विद्यालयको वार्षिकोत्सव सम्पन्न

दमौलि खबर संवाददाता

दमौली -व्यास १० दुम्सी बजारस्थित शिव माध्यमिक विद्यालयले ३२ औं वार्षिकोत्सव एवं अभिभावक दिवस समारोह सम्पन्न भएको छ । वार्षिकोत्सवको व्यास नगर प्रमुख वैकुण्ठनाथ न्यौपानेले उद्घघाटन गर्नुभयो । सो अवसरमा न्यौपानेले सामुदायिक विद्यालयको प्रवद्धन र शैक्षिक उन्नयनका निम्ति व्यास नगरपालिका सदा तत्पर रहेकाले विद्यालयलाई पालिकाको पूर्ण साथ र सहयोग रहने विचार व्यक्त गर्नुभयो । विद्यालयको शैक्षिक गतिविधिमा अभिभावक, समुदाय र शिक्षकहरूको भूमिका महत्वपूर्ण रहने भएकाले सबै पक्षले हातेमालो गर्दै निरन्तर क्रियाशील रहनु पर्ने नगर प्रमुखको सुझाव थियो ।

वार्षिकोत्सव समारोहमा नगरप्रमुख टाढा अतिरिक्त व्यास प्रवक्ता एवं वडा नम्बर ६ का वडा अध्यक्ष जीवन गुरुङ, वडा अध्यक्ष खेमराज पोखरेल, बोर्ड सदस्यहरु चन्द्रमाया परियार, चेत बहादुर दरै, निवर्तमान वडा अध्यक्ष तुलसीराम सापकोटा, सदस्यहरु यज्ञप्रसाद शर्मा, ईश्वर पौडेल, खिरमायां बि क, शिक्षा शाखाबाट प्राविधिक सहायक किशोर बास्तोला, छिमेकी विद्यालयका अध्यक्ष एवं प्रधानाध्यापकहरू, आजीवन सदस्यहरू, विभिन्न संघसंस्थाका प्रतिनिधि व्यक्तिहरु एवं चन्दादाता, अक्षयकोष दाता र समुदायका अधिकांश व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

दुई दिनसम्म विभाजन गरी पौष २६ गते विद्यार्थी मूल्याङ्कन अतिरिक्त क्रियाकलाप एवं भावी शैक्षिक गतिविधि र शैक्षणिक योजना सम्बन्धमा छलफल गरिएको थियो भने पौष २७ गते औपचारिक उद्घाटन, विद्यालय प्रगति विवरण सार्वजनिक एवं विविध सांस्कृतिक कार्यक्रम, पिटी प्रदर्शनी, शैक्षिक प्रदर्शनी र साँझ दीपावली गरी भव्यताकासाथ उत्सव सम्पन्न गरिएको थियो ।

विद्यालयले कक्षा ४ देखि १० सम्म प्रविधिको माध्यमबाट पठनपाठन सञ्चालन गर्दै आएको छ, जुन वार्षिकोत्सवको आकर्षण बनेको थियो । विज्ञान सामग्रीहरु निर्माण गरी प्रदर्शनी समेत गरिएको थियो ।

कार्यक्रममा स्थानीय भेषभुषा, रीति–रिवाज झल्कने किसिमका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । विद्यालयको अधिकांश बालबालिकाहरुलाई कम्तीमा १÷१ विधामा संलग्न गराइएकाले अभिभावकको उपस्थितिको आकर्षण समेत बढेको विद्यालयका प्रधानाध्यापक तीर्थराज परिवारले जनाएका छन् । उक्त समारोहमा उत्कृष्ट शिक्षक विद्यार्थीहरु घोषित गरी पुरस्कृत समेत गरिएको जनाएको छ ।

उक्त विद्यालयमा पूर्व शिक्षकसमेत रहेका बौद्धिक, सामाजिक युवा विकास रिजाल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहेकाले इनोभेटिभ तरिकाबाट आधुनिक शिक्षा र शैक्षिक गतिविधिहरु सञ्चालन हुँदै आएको छ । तीर्थराज परियारको नेतृत्वमा रहेको शिक्षक स्टाफ परिवारले विद्यालयको शैक्षिक उन्नयनमा उल्लेख्य योगदान दिइरहेका छन् । स्थानीय व्यक्तिहरुको विद्यालयप्रतिको साथ सहयोग र संलग्नताले विद्यालयको भौतिक एवं शैक्षिक गतिविधिहरुमा उल्लेख्य प्रगति भएको पाउन सकिन्छ । विद्यालयमा प्रविधिको प्रयोग, पर्याप्त भौतिक सुविधा, सुविधासम्पन्न बालककक्षा, दक्ष एवं अनुभवी शिक्षकहरु, प्रविधिमैत्री र बालमैत्री शैक्षिक व्यवस्थापन विद्यालयका आकर्षण रहेका छन् । विद्यालयको जग्गा पर्याप्त भएकाले प्राविधिक शिक्षा सञ्चालन गर्ने विद्यालयको लक्ष्य रहेको वार्षिकोत्सव कार्यक्रममा जानकारी दिईएको थियो ।

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button