डुम्रेमा युवकको शंकास्पद मृत्यु

दमौली खबर संवाददाता

डुम्रे, माघ २५ गते ।

तनहुँको डुम्रेमा एक युवकको शंकास्पद मृत्यु भएको छ । पर्सा जिल्ला जगरनाथपुर गाउँपालिका वडा नं २ घर भएका बर्ष १७ का मुनताज मियाँ धोविको गएराति मृत्यु भएको हो ।

पर्सा घरबाट करिब ५० दिन अगाडि कामको सिलसिलामा पर्साकै ठेकदार प्रमोद यादव सँग मुनताज तनहुँको डुम्रे आउनु भएको थियो । हनुमान कन्ट्रक्सन अन्तर्गतका ठेकदार यादवले प्लम्बरको काममा लगाउने भनेर धोविलाई ल्याएको मृतकका बुवा बाबू लालु मियाले बताउनुभयो । मृतकका बुवाका अनुसार मृतक छोरा ५ मिनेट अगाडि सम्म आँफुसंग फोनमा बोलेको र ठेकदारले खान पनि नदिएको र काठमाडौ गएको भनेको उहाँले बताउनुभयो । ‘मलाई खानपनि दिएको छैन , एक्लै कोठामा छु , फोन गर्ने पैसा पनि छैन , गाडी भाडा तिर्ने पैसा भए घरमा आउँथे भनेको थियो’’ मृतकका बुबा मियाँले भन्नुभयो । एकछिन अगाडि सम्म बिरामी पनि नभएको छोरो एक्कासी भ¥याङ्बाट लडेर मृत्यु भयो भन्दा छाँगाबाट खसेजस्तो भएको र घटना पत्याउन नसकेको मृतकका आफन्तले बताएका छन् । मृतकका गाउँका हजुरबुवा पर्ने अकबर मियाले ठेकदारले मारेर फालेको शंका गरी प्रहरीलाई खबर गरेको बताउनुभयो ।

ठेकदारले खान पनि नदिइ कोठामा बन्दक बनाएर काठमाडौ गएको र २५ दिनपछि ठेकदार कोठामा आएकै समय मरेको खबर गर्नुले घटनामा शंका गर्नुपर्ने ठाउँ रहेको उहाँले बताउनुभयो । लामो समय सम्म मृतक मुनताज बेसहारा भएको आफन्तले बताएका छन् । घटना घटेको दिनमा घरको माथि ठेकदार थियो , तल मर्ने युवक थियो , ठेकदारले माथि आइज भनेर बोलाएपछि माथि आउदा आउदै भर्याङमा लडेर युवक मरेको भनेको छ , त्यहीँ सँका छ आफन्तले भनेका छन् । मृतकका आफन्तले घटना शंकास्पद रहेको भन्दै जिल्ला प्रहरी कार्यलय तनहुँमा जाहेरी दिएका छन् । उनिहरूले घटनाको निस्पक्ष छानवीन गरि दोषी माथि कारबाही तथा पिडित परिवारलाई क्षतिपूर्तिको माग गरेका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button