महर्षि वदेव्यासको छात्रबासमा सहयोग

दमौली खबर संवाददाता

व्यास ३ स्थित रहेको महर्षि वेदव्यास संस्कृत मा.विमा रहेको छात्रवासमा राधा माधव समिति दमौलीले सहयोग गरेको छ । नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमणको जोखिम बढ्दै गएपछि छात्रवासमा खाद्यन्न उपलब्ध गराउन समितिले नौ हजार नगद सहयोग गरेको हो । राधा माधव समितिले उक्त रकम विद्यालयका प्र.अ.तोय निरौलालाई हस्तान्तरण गरेका हुन् । कोरोना महामारीको बेलामा विदालय बन्द भएपछि छात्रवासका बटुकहरुलाई खाद्यन्नको अभाव नहोस भन्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको राधामाधव समिति दमौली शाखाकी उपसंयोजक चिनु पोख्ररेलले जानकारी दिईन् ।

उक्त विद्यालयमा वेदविद्याश्रम तर्फमा कक्षा ६ देखि कक्षा १२ हुनै स्नातक तह सम्म संस्कृत विषयमा पठनपाठन गर्ने ७० बटुक छात्रवासमा बस्ने गरेका छन् । उनिहरुलाई महर्षि फाउण्डेशनले दैनिक निशुल्क भोजन र आवासको व्यवस्था मिलाएको छ । तर कोभिडको कारणले फाउण्डेशनले उपलब्ध गराउने सेवा कटौती भएपछि समस्या भएको प्र.अ निरौलाले बताईन् । उनले महामारीको समयमा छात्रवासको लागि गरिएको सहयोग भन्दै धन्यवाद व्यक्त गरिन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button