व्यवसायी दिलीपराज श्रेष्ठ सम्मानित

पोखरा । व्यवसायी दिलीपराज श्रेष्ठ सम्मानित भएका छन् । बाबा हार्डवयर एण्ड सेनिटरिवयरका सञ्चालक एवं बाबा फाउण्डेसन नेपालका संस्थापक अध्यक्ष श्रेष्ठ ‘ललित गौचन स्मृति समाजसेवा सम्मान’बाट सम्मानित भएका हुन् ।

नागरिक समाज कास्कीले हरेक वर्ष यो सम्मान प्रदान गर्दै आएको छ । यस वर्षको उक्त सम्मान सोमबार एक कार्यक्रम श्रेष्ठलाई प्रदान गरिएको हो । फाउण्डेसन मार्फत वातावरण संरक्षण, कमजोर अवस्थाका बालबालिकाको शिक्षा दीक्षा, ट्राफिक व्यवस्थापन लगायतका क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै श्रेष्ठलाई सम्मान गरिएको हो ।

प्रमुख अतिथि कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले श्रेष्ठलाई सम्मान गरे । सम्मान पछि बोल्दै श्रेष्ठले सम्मानले सामाजिक काम गर्नलाई थप प्रेरणा मिलेको बताए ।

स्व. ललित गौचनका भाइ ओमप्रसाद गौचन र उनका परिवारजनले २०७५ सालमा १ लाख ५ हजार राशीको अक्षयकोष स्थापना गरेका थिए ।

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button