व्यास नगर उद्योग वाणिज्य संघमा श्रेष्ठ

व्यास नगर उद्योग वाणिज्य संघको दोस्रो अधिवेशनबाट अध्यक्षमा राजकुमार श्रेष्ठ ‘ निर्वाचित भएका छन् । नवगठित कार्य समितिको उपाध्यक्षमा रस्मिला ताम्राकार, रामकुमार श्रेष्ठ र एकराम श्रेष्ठ, महासचिवमा बालहरि अधिकारी, सचिवमा विकास खनाल,सह–सचिवमा टिकाराम पनेरु, कोषाध्यक्षमा झनकनारायण श्रेष्ठ र सह–कोषाध्यक्षमा गणेश राज बाँस्तोला चयन भएका छन् । त्यस्तै कार्य समितिका सदस्यहरुमा महेश मल्ल, सोम आले, सुर्य केसी, पोष्टमान श्रेष्ठ, डा.श्रीराम चन्द, मञ्जु पिया, बन्दना पुलामी, सीता श्रेष्ठ र पुर्ण बिके चयन भएका हुन् । यसैगरी, बालकृष्ण आले, एकप्रसाद श्रेष्ठ, सुर्य देशभक्त अधिकारी, हबिबुल्ला मियाँ, नरजंग बराली, प्रवेश गुप्ता र दिपक श्रेष्ठ पनि सदस्यमा चयन भएका छन् । क्षेत्रगत रुपमा आठ सदस्य पछि थप्ने गरी कार्य समिति चयन गरिएको महासचिव अधिकारीले जानकारी दिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button