हिमालपारिका च्याङ्ग्रा बजारमा

दशैँलाई च्याङ्ग्रा लिन यहाँका व्यापारी बर्सेनि हिमालपारिको जिल्ला मुस्ताङ छिर्छन् । हप्तौँ लगाएर च्याङ्ग्रा भित्र्याउँछन् । यसपालि पनि कतिले च्याङ्ग्रा ल्याइसके भने कोही बाटैमा छन् । व्यापारी अम्मरबहादुर क्षत्री र लक्ष्मण खड्का च्याङ्ग्रा लिएर आजै बागलुङ आइपुगेका छन् । ‘१८ गते गएको बल्ल आज आइपुगियो’, क्षत्रीले भने । जोमसोमदेखि दुई दिनको बाटोमा पर्ने चमर भन्ने ठाउँमा पुगेर च्याङ्ग्रा ल्याएको उनको भनाइ छ । क्षत्री र लक्ष्मण मिलेर १४५ च्याङ्ग्रा जिल्लामा भित्र्याएको छ । च्याङ्ग्रा लिन यहाँका २० भन्दा बढी व्यापारी मुस्ताङ पुगेको क्षत्रीले बताए । लामो बाटोमा कठिन यात्रा तय गरेर व्यापारीले च्याङ्ग्रा ल्याउँछन् । यसपालि च्याङ्ग्रा कम आएको र भाउ पनि महँगिएको छ । कोभिड–१९ कारण तिब्बतका व्यापारीले च्याङ्ग्रा मुस्ताङ ल्याएका छैनन् ।

स्थानीय च्याङ्ग्रा मात्र बजारमा आएको छ । मुस्ताङमा पालिने च्याङ्ग्राले माग नधान्ने हुँदा ठूलो संख्यामा च्याङ्ग्रा तिब्बतबाट भित्रने गथ्र्यो । ‘दशैँका बेला ३५र४० हजारसम्म च्याङ्ग्रा मुस्ताङबाट बाहिरिन्थ्यो, अहिले ८र१० हजार मात्र आउँदैछ’, क्षत्रीले भने । उनका अनुसार च्याङ्ग्राको भाउ पनि झण्डै पाँच हजारले बढेको छ । रोज्जा च्याङ्ग्राको मूल्य ३४ देखि ३५ हजारसम्म पुगेको छ । गत वर्ष रु २९ हजारमा बिक्री भएको थियो । मासु प्रतिकिलो रु १४ सय पुगेको थियो । खरिदमै मूल्य बढी परेको व्यापारीको भनाई छ । किसानको गोठबाट रु २७ हजार ५०० मा च्याङ्ग्रा उठाएको क्षत्रीले बताए । च्याङ्ग्रा कम हुनु, बढ्दो करजस्ता कारणले पनि च्याङ्ग्रा महगिँदै गएको छ । व्यापारीको आउजाउमा पनि बढी खर्च हुन्छ । स्थानीय तहसहित ठाउँठाउँमा दस्तुर र कर तिर्नुपर्दा थप मर्का पर्ने गरेको व्यापारीको गुनासो छ । तीन वर्षमा १० हजारभन्दा बढीले च्याङ्ग्राको भाउ बढेको अर्का व्यापारी महेन्द्र केसीले बताए ।

केसीले पनि पाँच वर्षदेखि च्याङ्ग्राको कारोवार गर्दै आएका छन् । महँगो परेपनि दशैँका बेला च्याङ्ग्राको मासु उपभोक्ताको रोजाइमा पर्ने गरेको उनको भनाइ छ । केसीको मासु पसलसमेत छ । च्याङ्ग्राको व्यापारबाट पहिलेपहिले जस्तो कमाइ हुन छाडेको व्यापारी बताउँछन् । एउटा च्याङ्ग्रामा एक÷दुई हजारसम्म फाइदा राखेर बेच्ने गरेका छन् । बागलुङमा बर्सेनि झण्डै दुई हजार च्याङ्ग्रा भित्रिन्छ । यो वर्ष भने त्यो संख्या घट्ने भएको छ । हिमाली हावापानीमा जडीबुटी खाएर हुर्केको हुनाले च्याङ्ग्रा स्वादिष्ट र स्वस्थकर मानिन्छ । उपभोक्ताले दशैँमा च्याङ्ग्राको मासु खोजीखोजी उपभोग गर्छन् । मुस्ताङबाट झारिने च्याङ्ग्रा गण्डकी प्रदेशका विभिन्न जिल्ला हुँदै काठमाडौँसम्म पु¥याइन्छ । राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले व्यापारीले उपभोक्ताको माग पूरा गर्न दुःख–सुख गरेर दशैँमा च्याङ्ग्रा ल्याउने गरेको बताए । ‘हिमाली जिल्ला पुगेर ल्याउनुपर्छ, खर्च बढी हुन्छ’, उनले भने, ‘महँगो त छ, फेरि व्यापारीले पनि अलिअलि नाफा निकाल्नुप¥र्यो ।’

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button