सिगो गाउँको एउटै धारा !

बन्दीपूर गाँउपालिका वडा नं २ आरथुम्का निवासी सुस्मीता भुजेल पानी भर्न घर तल रहेको धारामा पुग्छिन्। उनी धारमा पुग्दा पानी भर्नेहरुको भिड नै लाग्छ। गाउँभरीको एउटा धारा भएकाले उनले हरेक दिन पालो कुनुपर्छ। ‘सिगो गाउँले यही धाराबाट पानी खान्छ । पानीको धेरै दुःख छ’ उनले समस्या सुनाउदै भनिन्–‘हाम्रो घरमा कहिले धारा आउला र पानीको दुःख हराउला ?’ भुजेल समुदायको बस्ती रहेको उक्त गाउँमा ३५ घरधुरीको बसोवास छ । घर घरमा खानेपानीको सुविधा नहुँदा त्यहाँका स्थानियले धेरै सास्ती खेप्नु परेको छ । स्थानीय मनमाया भुजेलले खानेपानी ओसारदै दिन बित्ने गरेको बताईन् । उनले भनिन्, घरबाट १० मिनेटमा हिडेर धारामा पुगिन्छ् । पूरै दिन खानेपानी ओसारदैमा बित्छ ’ उनले थपिन् ‘गाउँमा सबैको घर घरमा खानेपानीको धारा चाहियो भनेर पटक–पटक आवाज उठाइयो । तर, अहिले सम्म न धारा आइपुग्यो । न खानेपानी सहज भएको छ ।’ केही समय पहिला उक्त गाँउको विभिन्न ठाँउमा चार वटा धारा थिए ।

धारा बिग्रिए पछि गाउँका मानिसहरु पनि पानी ल्याउन त्यही धारामा आइपुग्छन् । स्थानिय धनमाया भुजेलको घर अगाडी रहेको धारामा गाँउका सबै पानी लिन आउछन् । धनमायमाले भनिन्‘ गाँउको अरु धारा बिग्रिरिए पछि कसैले पनि बनाईदिन आएका छैन् । सबै एउटै धारामा पानी भर्न आउन्छन् । ’लामो समय देखि सम्बन्धी निकायले ध्यान नदिदाँ स्थानियले सास्ती खेप्न बाध्य भएका हुन् । गण्डकी प्रदेश सरकारले पनि एक घर एक धाराको अभियानललाई तीव्रता दिएको छ । तर प्रदेश सरकारको अभियानले उक्त गाँउलाई छुन सकेको छैन । खानेपानीलाई पनि व्यक्तिको आधारभूत आवश्यकतामा सरकारले राखेको छ ।तर त्यहाँका बासिन्दाहरुले भने सहज रुपमा खानेपानी पाउन सकेका छैनन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button