नेकपाको जिल्लास्तरी भेला संसद विघटन रहर होइन, बाध्यता हो’

सरकारका उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीलीले संसद विघटन गर्नुपर्ने खुसी कुरा नरहेको बताउदै बाध्यता रहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपा तनहँुले सोमबार दमौलीमा आयोजना गरेको जिल्लास्तरीय भेलालाई सम्बोधन गदै मन्त्री रायमाझीले प्रधानमन्त्रीले कस्तो बाध्यतामा संसद विघटन गरेकाहुन सो कुरालाई खोज्न जरुरी रहेको बताए । उनले भने,‘सबै संसद विघटन असंवैधानिक भन्दै लागेका छन् ।

कसैले पनि यो खोजेनकी विघटन गर्नुको कारण के हो ’पार्टीलाई विभाजन गरि पदको लोभले प्रधानमन्त्री माथि अविश्वासकोप्रस्ताव दर्ता गर्ने सोच राखेपनि अविश्वासको प्रस्ताव राखी हटाउने हैसियत नरहेको समेत उनले बताए । उनले भने,‘ विशेष अधिवेशन बोलाएर अविश्वासको प्रस्ताब दर्ता गर्न प्रतिपक्षको सहारा लिएको थिए। तर उनिहरुको योजना असफल भयो ।’ मन्त्री रायमाझीले अघि भने,‘अविश्वासको प्रस्ताव प्रतिपक्षले दर्ता गरे जाहेज मानिन्छ ।

सरकारमै रहेको पार्टीले आफनै नेतालाई प्रतिपक्ष सँग मिलेर अविश्वासको प्रस्ताब गर्नु नैतिकता दृष्टिकोण राम्रो मानिदैन ।’ उनले प्रतिपक्ष सँग मिलेर अविश्वासको प्रस्ताव दर्ता भएमा सरकार बनाउन विपक्षले साथ नदिने समेत जिकिर गरे । देशमा संघिय गणन्तत्र बचाउनको लागि संसद विघटन गरिएको यो असंवैधानिक कदम नरहेको बताउदै उनले खतराबाट बाट देशलाई बचाउन यो कदम सहित रहेको दाबी गरे । उनले राजतन्त्रको विरोधमा प्रधानमन्त्री केपि १५ वर्ष जेलमा बिताएको हुनाले राजावादी नेता नभई गणतन्त्रवादी नेता रहेको समेत दाबी गरे ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री एवंम पार्टीका स्थायी कमिटि सदस्य पृथ्वीसुब्बा गुरुङले संस्था भित्रकै व्यक्तिले साथ नदिएको कारण संसद विघटन गर्नु पर्ने अवस्था आएको बताए ।उनले पार्टीको संस्थापक व्यक्ति ओली रहेको बताउदै सुर्य चिन्ह आफनै हुने दाबी समेत गरे ।

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले लोकतन्त्रको मर्म नबुझेका कारण मध्यावधि निर्वाचनको विरोध भईरहेको बताए । पार्टीका केन्द्रिय सदस्य एवंम् पूर्वमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री ओलीले जमिन फिर्र्र्ता ल्याउने अभियानमा लागेको हुदाँ ओलीमाथि षडयन्त्र भएको जिकिर व्यक्त गरे ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button