नगरपालिकाद्धारा दरबन्दी मिलानमा मद्धत गर्ने शिक्षकहरु सम्मानित साथै चित्रकला, निवन्ध तथा वक्तृत्वकला प्रतियोगिता

दमौली एफ.एम संवाददाता
दमौली, भदौ २९ गते ।
व्यास नगरपालिकामा ५३ वटा प्राथमिक दरबन्दी बढिरहेकोमा २०७९ पौष मसान्त भित्र स्वेच्छिक अवसकास लिई दरबन्दी मिलान कार्यमा सहयोग पु¥याउने २२ जना शिक्षकहरुलाई बुधवार सम्मान गरेको छ ।
व्यास नगरपालिकाको सभाहलमा जिल्ला समन्वय समिति तनहुँका प्रमुख तथा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले शिक्षकहरुलाई सम्मान गर्नु भएको थियो । सम्मान संगै नगरपालिकाले प्रत्येक शिक्षकहरुलाई २ महिनाको तलवको सुविधा पनि उपलव्ध गराएको छ ।
     दरबन्दी मिलानको लागि सम्मान कार्यक्रमले प्रभावकारी हुने ठानी आन्तरिक स्रोतबाट सो रकमले सम्मान गरिएको नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपानेले बताउनुभयो ।  सम्मान कार्यक्रमले दरबन्दी मिलान गर्न सफलता मिलेको  उहाँले बताउनुभयो । कतिपय स्थानमा निरन्तर विद्यार्थी घटेकाले विद्यालय नै बन्द गर्नु पर्ने अवस्था आएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार गाउँका विद्यालयमा विद्यार्थीको अभाव भएकाले विद्यार्थी र शिक्षकको अनुपातमा शिक्षकहरु धेरै हुन पुगेका छन् । विद्यार्थी अभाव हुँदै जाँदा प्राथमिक तहमा ५३ जना  दरबन्दी बढी भएकोले विदाई गरिएको हो । दरबन्दी धेरै भएका शिक्षकलाई तबल खुवाएर राख्दा राज्यकोषको धेरै रकम खर्च हुने भएकोले सो जोगाउनको लागि ति शिक्षकहरुलाई २ महिना बराबरको प्रोत्साहन रकम प्रदान गरि बिदाई गरिएको  नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले बताउनुभयो ।
 शिक्षा नियमावली अनुसार पहाडी जिल्लामा एक शिक्षक बरावर ४५ विद्यार्थी अनुपात हुनुपर्ने प्रावधान छ । त्यस्तै हिमाली जिल्लामा एक शिक्षक बरावर ३० विद्यार्थी र काठमाडौँ उपत्यकालगायत तराईका जिल्लामा एक शिक्षक बरावर ५५ विद्यार्थी अनुपात हुनुपर्ने प्रावधान रहेको शिक्षा विकास तथा समन्वय इकाइ तनहुँले जनाएको छ । नियमावली अनुसार शिक्षक धेरै भएकोले दरबन्दी मिलान गर्नु पर्ने भएकोले पालिका भित्रका सेवा निवृत भएका स्थायी शिक्षक सामुदायिक विद्यालयका २२ जना शिक्षकहरुलाई बाल दिवसको अवसर पारेर सोमबार सम्मान गरिएको छ । शिक्षकहरुलाई जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिका प्रमुख वैकुष्ठ न्यौपाने र प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले सयुक्त रुपमा सम्मान गर्नुभयो ।  ति शिक्षकहरुलाई १३ लाख ५९ हजार नौ सय ६० रुपियाँ नगद सहित दोसल्ला र प्रमाणपत्र प्रदान गरि सम्मान गरिएको नगरपालिका शिक्षा तथा सामाजिक विकास शाखाका प्रमुख नविन पराजुलीले जानकारी दिनुभयो । स्वेच्छिक अवकास भई दरबन्दी मिलानमा मद्धत पु¥याएका शिक्षकहरुलाई सम्मान गरिएको उहाँले बताउनुभयो ।  बढी भएको दरबन्दी मिलान गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट परिपत्र जारी भएपछि सो कार्य अगाडि बढाइएको थियो ।
व्यास नगरपालिका, भानु नगरपालिका, देवघाट गाउँपालिका, बन्दिपुर गाउँपालिका, ऋषिङ् गाउँपालिका, घिरिङ गाउँपालिका र भिमाद नगरपालिका गरी सात वटा स्थानीय तहका कार्यपालिकाले शिक्षक विद्यार्थीको अनुपातको आधारमा दरवन्दी मिलान गर्ने निर्णय गरी कार्यान्वयनको चरणमा गएको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ । इकाई अनुसार व्यास नगरपालिकामा ५३, भानुमा ४२, आँबुखैरेनीमा २९ र म्याग्दे गाउँपालिकाका ३४, शुक्लागण्डकी ४० र घिरिङमा एक गरी १९९ शिक्षक बढी भएकोले दरबन्दी मिलान कार्यलाई स्थानीय तहले प्राथमिकता दिई काम गरिरहेका छन् ।
यसैबीच ५८ औँ राष्ट्रिय  बाल दिवसको अवसरमा व्यास नगरपालिकाले विद्यार्थीहरुविचको चित्रकला, निवन्ध तथा वक्तृत्वकला प्रतियोगिता आयोजना गरी विजयी छात्रा छात्राहरुलाई पुरस्कृत गरेको छ ।
 यस अघि उक्त कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले वालवालिका माथि अभिभावकले सानैदेखी लगानी गरेको खण्डमा मात्र भोली सुनौँलो भविष्य र समृद्ध समाज निर्माण गर्न सकिने बताउनुभयो ।
व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिला, शिक्षा विकास समन्वय इकाईका प्रमुख वसन्तराज पौडेल, नेपाली काँग्रेस व्यास नगर सभापति सूर्यचन्द्र हड्खले, व्यास नगर शिक्षा शाखाका नविन पराजुली, प्रवक्ता जीवन गुरुङ, जिल्ला बाल सञ्जालका अध्यक्ष बर्षा गुरुङ, नगर सञ्जालका अध्यक्ष धिरज शाह लगायतले त्यस अवसरमा आफ्नो मन्तव्य राख्नु भएको थियो । यसैबिच नगरपालिकाको आयोजनाम भएको चित्रकला प्रतियोगितामा २७ जनाको  सहभागिता रहेकोमा दमौली पव्लिक इङ्लीस बोर्डिङ्गका प्रमिश विक प्रथम, बालमन्दिर माविका प्रिन्स राना दित्तिय, दमौली माविका स्मृति पोख्रेल तृतिय र जनसेवा प्राविका चाँदनी कुमारी र पराशर माविका एलिना गुरुङ सान्त्वना हुनुभयो । त्यस्तैगरी निवन्ध प्रतियोगितामा दमौली माविका मिनाक्षी बस्नेत, वाराही माविका रिया क्षत्री दित्तिय, निर्मल माविका अंकृत ढकाल तृतिय र शिवपाञ्चायन माविका रविन मगर सान्त्वना हुनुभयो ।
यसैगरी वतृत्वकला प्रतियोगितामा केशवटार माविका अनिशा आले प्रथम निर्मल माविका कश्मी दवाडी दित्तिय, सलिना बजगाई तृतिय र रिम बहादुर गुरुङ सान्त्वना भएका थिए । विजयी छात्रा छात्राहरुलाई त्यस अवसरमा पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button