बन्ने भयो मादीमा कृत्रिम ताल

व्यास नगरपालिकाले मादी नदीमा निर्माण गर्न लागेको कृत्रिम तालको निर्माणको लागि प्रकृया अघि बढाइएको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दमौलीस्थित मादी नदीमा बाँध बाँधेर कृत्रिम ताल निर्माण गर्न लागिएको हो । उक्त गुरुयोजना निर्माणको लागि “ईकोकोड नेपाल तथा प्यारागन जे.भी“ सँग सम्झौता भएको छ । नगरपालिकाले टेण्डर आवह्न गरेको थियो । जसमा १३ फर्मले रुची देखाएका थिए । मुल्याङकनको आधारमा नगरपालिकाले उक्त योजना ईकोकोड सँग सम्झौता गरेको छ ।विहिबार नगर प्रमुख वैकुण्ठ न्यौपानेबाट ईकोकोडका प्रतिनिधि प्रवेश अधिकारीलाई सम्झौता पत्र हसतान्तरण गरेका छन् । मादि नदिले ओगटेको भु–भाग क्षेत्रको आसपासमा सम्भावित बस्ति विकास, विभिन्न उत्पादनमुखी परियोजना सञ्चालन तथा नदि क्षेत्रको संरक्षण गर्ने लगाएतका उदेश्य राखी नगरपालिकाले प्रारम्भिक चरणमा विस्तृत आयोजना प्रतिवेदन तयार गर्ने लागेको हो ।

सो आयोजना सम्भाव्यता अध्ययन गर्न नगरपालिकाले गत आर्थिक वर्षमा रु ४० लाख बजेट विनियोजन गरेको थियो । नगरपालिकाले दमौलीदेखि शिशाघाटसम्म मादी नदीलाई व्यवस्थित गरी पर्यटन प्रवद्र्धन गर्न नगरपालिकाले मादी नदी बहुउद्देश्यीय परियोजनाको गुरुयोजना निर्माणलाई समेत अगाडि बढाइसकेको जनाएको छ । “मादी नदीमा ताल बनाउन सकिए डुङ्गा चलाउन सकिने र पर्यटकलाई आकर्षित गर्न सक्ने अध्ययनबाट देखिएको छ”, नगरप्रमुख न्यौपानेले भने, “यसले समग्र व्यास क्षेत्रकै पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण भूमिका खेल्नेछ ।” काठमाडौँबाट १५० र पोखराबाट ५० किमि दूरीमा रहेको दमौलीस्थित मादी नदीमा बाँध बाँधेर कृत्रिम तालसहितको संरचना निर्माणका लागि करिब रु छ अर्ब लाग्ने अनुमान छ । कृत्रिम तालसहितको परियोजनालाई सरकारी–निजी–समुदायको साझेदारीमा निर्माण गर्ने लक्ष्य राखिएको छ । परियोजनाअन्तर्गत जनजातिसँग सम्बन्धित गाउँ, ५०० क्षमताको सभाहल, वनस्पति फूलबारी, मनोरञ्जन केन्द्र, वाटर पार्क, मिनी गल्फ कोर्सलगायतका संरचना निर्माण गरिनेछ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button