करेशाबारीको तालिम लिएर तरकारी खेती

वि.वि. श्रेष्ठ
व्यास–१४, कुलुङ्ग
अधिकारका लागी पहुँच नेपाल र व्यास नगरपालिका वडा नं १४ वडा कार्यलयको संयुक्त सहयोगमा व्यास १४ को कुलुङ्गमा सामुहिक तरकारी खेती गरिएको छ । स्थानिय २० घरधुरी मिलेर सामुहिक रुपमा गोलभेडा खेती शुरु गरेका हुन् । वडालाई आत्मनिर्भर वनाउने र त्यसका लागी वडावासीलाई कृषि र पर्यटनमा लागेर आर्थिक रुपमा पनि समृद्ध बनाउने अभिप्राय स्वरुप किचन गार्डेनको ३ दिने तालिम दिएर कृषकलाई कृषिमा आत्मनिर्भर बनाउन थालिएको व्यास –१४, का वडाध्यक्ष काजीमान श्रेष्ठले वताउनुभयो ।

अधिकारका लागी पहुँच नेपाल र व्यास नगरपालिका वडा नं १४ वडा कार्यलयमा करिव १०० जना कृषकलाई तालिम दिएर तरकारी खेतीका लागी आवश्यक पर्ने थोपा सिंचाई, वीउविजन, पलाष्टिक टनेल, कालो पलाष्टिक बितरण गरिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । कुलुङ्गमा मात्र करिव ३ रोपनी क्षेत्रफलमा गरिएको तरकारी खेतीले वडालाई नै गोलभेडामा आत्मनिर्भर बन्न सकिने कृषक अन्त नारायण परियारले बताउनुभयो । वडा नं १४, होम स्टे र पर्यटकीय दृष्टिकोणवाट समेत उपयुक्त रहेकोले सोही अनुरुप वडा र पर्यटीय गन्तव्यका लागी पाहुनालाई स्थानिय उत्पादन नै खुवाउनका लागी आवश्यक पर्ने तरकारी उत्पादन गर्न लागेको स्थानिय अगुवा दुर्गा वहादुर आलेले वताउनुभयो । प्रदेश सरकार वाट समेत वडा नं १४ लाई पर्यटकीय स्थलको सुचीमा राखेर होम स्टे निर्माणमा आर्थिक सहयोग गरेर होम स्टे निर्माण गरेको हुदाँ पर्यटकलाई मौलिक खाना र स्थान निर्माणमा जुटेका छौ, वडाध्यक्षले भने ।

अवको लक्ष्य भनेको कृषि नै हो यसका लागी वडाले सक्दो भुमिका खेल्दछ, तरकारी खेती वडाको केशवटार लगायतको स्थानमा व्यवसायिक रुपमा शुरु भएको छ । यसका लागी वडाले कृषकको सहजीकरणका गर्दछ । कृषकहरु अव स्वेच्छिक रुपमा कृषी पेशामा लाग्नुपर्दछ, यसका लागी वडाले आवश्यक वजेट र समाग्री उपलव्ध गराउने छ । वडाले कृषि सँग सम्वन्धित तालिम पनि दिदै आएको छ, वडाध्यक्षले भने ।
कृषिका लागी आवश्यक मुख्य सिंचाईको व्यवस्थापन, समयमा वीउ विजन, मलको आवश्यकता भए कृषिमा लाग्न आफुहरु तैयार भएको कृषक चन्द्र वहादुर आलेले बताए । खेरा गईरहेको जमिनमा उत्पादन गर्न सकिए स्वच्छ तरकारी पनि खान पाईने र आर्थिक रुपमा सवल हुन सकिने कृषक आलेले वताए ।

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button