लकडाउनलाई प्रभावकारी बनाउन स्थानियको चासो

 भिडभाड बढेर रोगको संक्रमण फैलने भन्दै जथाभावी रूपमा टोल प्रवेशमा रोक,

दमौली खबर संवाददाता
चैत १३

तनहुको व्यास नगरपालिका ४ मा स्थानीयले बाटो बन्द गराएका छ्न । प्रकोपको बेला ओहोरदोहोर बढि भएपछि व्यास ४ स्थित कृष्णपुरमा बास तथा विभिन्न सामग्री तेर्स्याएर बाटोबन्द गरेको स्थानिय मनोज रानाभाटले जानकारी दिनुभयो । अहिले लकडाउनको समयमा रोगबाट जोगिनको लागी बासले बाटो छेकेर बाटो बन्द गरिएको उहाँको भनाई छ । अत्यावस्यक यातायातका साधन र ब्यक्तिलाई भने अबरोध नगरिने स्थानीयले बताएका छन् ।व्यास नगरपालिका ४ कै विरता टोल विकास संस्थाले संस्था, व्यास ५ चापाघाट, व्यास १० सेवर लगायतका स्थानमा अनावश्यक यातायातका साधनलाई कम गर्न स्थानीयले सक्रियता देखाएका छन । विशेष गरेर स्थानीयले लकडाउनलाई प्रभावकारी वनाउन प्रयास गरेका छन् । छिमेकी राष्ट्र भारत एवं विभिन्न देशवाट आएका नागरिकहरूलाई क्वारेन्टाइनमा राख्ने वा होम क्वारेन्टाइनमा बस्ने भन्न जानकारी दिन समेत स्थानीयलेले सुभाव दिएका छन ।

सडकमम सवारीसाधन एवं मानिसको चहलपहल बढ्दा रोगको संक्रमण बढन सक्ने भन्दै बाटो बन्द गरिएको स्थानीयको भनाइ छ ।

यसैविच भानु नगरपालिका वडा नम्बर ६ टुहुरेपसलमा पनी मोटरसाईकल लगायतका सवारीसाधन बढि गुडेको भन्दै स्थानियले आवत जावत वन्द गरिएको वेला सवै टोल, गाउँ, वजारले यसरी रोक लगाउनु पर्दछ भन्दै

मानिस आवत जवतमा रोक लगाएको भानु ६ का स्थानीय अनुज पण्डितले जानकारी दिनुभयो । सरकारले लगाएको लकडाउनको उल्लंघन गरि चलेका सवारीसाधनलाई तनहुँ प्रहरीले कारबाही गरेको छ । तनहुँमा लकडाउनको अटेर गरी राजमार्ग तथा सदरमुकाम आसपासका क्षेत्रमा गुडाइएका ४०समोटरसाइकल नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी प्रमुख पूर्णबहादुर अधिकारीले जानकारी दिनुभयो ।

लकडाउनको बेवास्ता गरी अनावश्यक रुपमा सडकमा गुडेएका स्थानीय सवारीसाधन नियन्त्रणमा लिइएको अधिकारीको भनाइ छ । पहिलो र दोस्रो दिनको तुलनामा नियम उल्लङघन गरि सवारी सञ्चालन गर्ने क्रममा कमि आएको अधिकारीले जानकारी दिनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button